मोरङको सुन्दरहरैँचामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु, एक घाइते

  • प्रकाशित मिति: कार्तिक २०, २०७७ / सञ्चारलय
alt

मोरङको सुन्दरहरैँचा नगरपालिकामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

को ३ त १३ नम्बरको ट्याक्टरमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १६ प ४८९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक सुन्दरहरैँचा ९ का ६९ वर्षीय चन्द्रबहादुर कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएपछि उपचारका लागि विराटनगरको न्यूरो अस्पताल ल्याइएका कार्कीलाई चिकित्सकले दिउँसो ३ः३० बजेतिर मृत घोषित गरेको ढकालको भनाइ छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ४२ वर्षीय नन्दकिशोर मिश्र घाइते भएका छन् । घाइते मिश्रको न्यूरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...

बाइडनलाई सत्ता हस्ता ...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम ...

किन आउँदै छन् चिनिया ...

काठमाडौं । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौ ...

भारतले कूटनीतिक तहबा ...

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै ...

कोरोना जोखिमले तल झर ...

बेनी । विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष ...