आफैँले रोपेको फुल ढकमक्क फुल्दा समूहका महिलामा खुसीयाली

  • प्रकाशित मिति: कार्तिक २१, २०७७ / सञ्चारलय
alt

 इटहरी: नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिँदै छ । तिहारको समयमा घर सिँगार्न, पूजा गर्न, दाजुभाइ–दिदीबहिनीलाई माला लगाइदिन फूल आवश्यक पर्छ । अर्थात् तिहारमा नभई नहुने चीज हो फूल । तिहारलाई फूलहरूको चाड भनेर पनि चिनिन्छ ।

ful kheti 4

मखमली, सयपत्री फूल यति बेला ढकमक्क भएका छन् । व्यावसायिक उद्देश्यले भए पनि थोरै जग्गामा लगाइएका फूल एकै पटक फुल्दा नजिक गएर फोटो खिच्ने तथा फूलबारी अवलोकन गर्ने जो कोहीको मन चङ्गा बनिदिन्छ ।
यति सुन्दर फुल फुलेको स्थान हो इटहरी ३ स्थित सरस्वती माध्यमिक विद्यालय नजिकै रहेको प्लटिङ जग्गामा । सोही स्थानमा बसोबास गर्ने करिब २० जना सदस्य रहेको सुजनशील कृषि उद्यम महिला समूहका महिला दिदीबहिनीले सो फूलबारी निमार्ण गरी फुल खेती गरेका हुन् ।

ful kheti 5
करिब १० कट्ठा जमिनमा खेती गरिएको फुल तिहार आउनै लाग्दा ढकमक्क खुलेको देख्दा समूहका महिलाहरू खुसी भएका छन् । समूहकी अध्यक्ष पवित्रा कोइरालाका अनुसार समूहमा आबद्ध महिलाहरूले केही नयाँ काम गरौँ भनियो, एकचोटी फुलखेती गरौँ न त भन्ने हिसाबले अनुमानको भरमा खेती गरेका हौँ । सोचे भन्दा अझ राम्रो भयो हाम्रा समूहका साथीहरू खुसी हुनुहुन्छ, उनले भनिन् । पानीको अभाव रहेको ठाउँ भए पनि यस वर्ष पर्याप्त पानी पर्दा फुलखेती फस्टाएको अध्यक्ष कोइरालाले बताइन् ।

उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरपालिकाबाट २ लाख अनुदान तथा अन्य खर्च समूहबाट इटहरी २० स्थित तरहराबाट १ लाख रुपैयाँमा बिरुवा खरिद गरिएको अध्यक्ष कोइलाको भनाई छ । यसपालिको तिहारमा कोरोना भाइरसका कारण छिमेकी देश भारतबाट फुल आयात नभएकाले फुल खरिदका लागि होलसेल तथा व्यापारी आई रहेका छन् । तर समूहले निर्णय नै गरेर व्यापारीलाई फुल खरिद गर्न नदिने अध्यक्ष कोइरालाले बताइन् । उनले भनिन् ‘व्यापारी भन्दा पनि सिधा ग्राहक नै आउनु भयो भने समूह र ग्राहक दुवैलाई फाइदा हुने भएकाले व्यापारीलाई होलसेल बिक्री नगर्ने हामीले नियम बनाएका छौँ ।’

ful kheti 1
पहिलो कामले नै राम्रो चर्चा पाएपछि आगामी वर्षबाट तरकारी खेती गर्ने समूहको योजना रहेको छ । समूहमा आबद्ध महिलाहरूले मासिक बचत समेत गरिरहेका छन् । उक्त बचतबाट सानोतिनो आर्थिक समस्या परेका बेला घरव्यावहार मिलाउन समेत सहज भएको समूहले जनाएको छ ।

ful kheti 6

तपाईको प्रतिक्रिया दिनुहोस्

वीपी प्रतिष्ठानमा उप ...

इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीका कारोन ...

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...

निशान र अर्जुनले ल्य ...

काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत &lsquo ...