भोजपुरको टेम्केमैयुङका सबै घरमा पुग्यो बिजुली, गाउँपालिकालाई २४ गते उज्यालो घोषणा गरिँदै

  • प्रकाशित मिति: कार्तिक २२, २०७७ / सञ्चारलय
alt

भोजपुरको टेम्केमैयूङ गाउँपालिकाको ९ नम्बर वडा साबिक लेखर्क गाविसलाई पूर्ण उज्यालो वडा घोषणा गरिएको छ । शनिवार एक कार्यक्रम गरी गाउँपालिकाका अध्यक्ष ध्रुबराज राईले सो वडालाई उज्यालो घोषणा गरेका हुन् ।

बिजुली बत्ती पुगेपछि सो कार्यक्रममा गाउँपालिका अध्यक्ष राईलाई जनताहरूले हर्षित हुँदै सम्मान गरेका छन्। अध्यक्ष राईले चुनावमा गाउँपालिका भित्र बिद्युत् बिस्तार गर्ने बाचा नै गरेका थिए । वर्सौपछिको सपना पुरा भएको भन्दै स्थानीय खुसी भएका छन् ।

शनिवार सम्म गाउँपालिकाका ९ वडा मध्ये ७ वडालाई उज्यालो घोषणा गरी सकिएको छ । बाँकी ३ र ५ लाई कार्तिक २३ गते आइतबार घोषणा गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले जानकारी दिए ।

यस्तै टेम्केमैयुङ गाउँपालिका जिल्लाभरिकै सबै स्थानीय निकायमा सबै घरमा बिद्युत् सुविधा पुर्‍याउने पहिलो स्थानीय तह बनेको छ। गाउँपालिका अध्यक्ष राईका अनुसार गाउँपालिकाको जम्मा ३५३८ घरधुरीमा विद्युत् बिस्तार काम सकिएको छ । यस कार्यक्रमको औपचारिक घोषणा भने कार्तिक २४ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले टेम्केमैयुङ गाउँपालिका उज्यालो गाउँपालिका घोषणा गर्ने तयारी छ।

बिद्धुत बिस्तार कार्य टेम्केमैयुङ गाउँपालिका, प्रदेश सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी र प्रयासमा भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

मोरङमा कोरोना संक्रम ...

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । मृत्यु ह ...

भारतीय विदेश सचिव हर ...

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला यही मंसिर ११ गते नेपालको औपचारिक भ्रमणका लागि आउने भ ...

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...

बाइडनलाई सत्ता हस्ता ...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम ...