डर्टमुन्डलाई हराउँदै बायर्न शीर्षस्थानमा फर्कियो

  • प्रकाशित मिति: कार्तिक २३, २०७७ / सञ्चारलय
alt

काठमाडौं । बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा साविक विजता बायर्नले डर्टमुन्डविरुद्ध ३–२ गोलको संघर्षपूर्ण जित निकालेको छ।

डर्टमुन्डको मैदानमा घरेलु टिमका मार्को सिउसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेपछि बायर्नका डेबिड अल्वाले पहिलो हाफकै अतिरिक्त समयमा गोल फर्काए।

यससँगै पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो। दोस्रो हाफको ४८ औं मिनेटमा बायर्न रोबर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रतालाई आफ्नो पक्षमा पारिहाले।

यसपछि अन्तिम मिनेटसम्मै बार्यनले अग्रता कायम राख्यो। उसका लिरोय सानेले ८० औं मिनेटमा गोल गर्दै दुई गोलेको अग्रता दिलाए।

यता दोस्रो हाफपछि दबाबमा आएको डर्टमुन्डका इर्लिङ ब्रुट हाल्यान्डले ८३ औं मिनेटमा गोल गरे पनि जितका लागि पर्याप्त भएन।

जर्मन निकट प्रतिद्वन्द्वीबीच पहिलो लेगको खेलमा बार्यनले ३–२ गोलको जित निकाल्यो।

जितसँगै ७ खेलबाट १८ अंक बनाएको बायर्न शीर्षस्थानमा फर्किएको छ भने हारका बाबजुद डर्टमुन्ड तेस्रो स्थानमा छ।

डर्टमुन्डको १५ अंक छ भने दोस्रो स्थानको लाइप्जिकको १६ अंक छ। बायर्नले २०१५–१६ पछि पहिलो पटक सुरुवाती ७ खेलमा पाँच खेल जितेको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

मोरङको मिक्लाजुङबाट ...

इटहरी । मोरङको मिक्लाजुङबाट बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ गा ...

मोरङमा कोरोना संक्रम ...

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । मृत्यु ह ...

भारतीय विदेश सचिव हर ...

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला यही मंसिर ११ गते नेपालको औपचारिक भ्रमणका लागि आउने भ ...

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...