यो वर्ष तिहारमा अन्य देशबाट फूल नआउने

  • प्रकाशित मिति: कार्तिक २३, २०७७ / सञ्चारलय
alt

काठमाडौं: यस वर्ष तिहारमा स्वदेशमै उत्पादित सयपत्री फूल प्रयोग हुने भएको छ । लामो समयदेखि भारतबाट आयातित सयपत्री फूलबाट तिहार मनाइँदै आएकामा यस वर्ष स्वदेशमै उत्पादित सयपत्रीले पुग्ने भएको छ । तिहारका लागि बर्षेनि सयपत्री खरिद गर्न लाखौ‌ रुपैयाँ बाहिरिने गरेको थियो ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले पछिल्लो समय सयपत्रीको व्यवसाय बढेकाले स्वदेशमै उत्पादित फूल पर्याप्त हुने बताए ।

बजारको मागअनुसार स्वदेशमा उत्पादित फूलले नै धान्न सक्ने उनले बताए । उनले यस वर्ष भारतबाट आयात नगरेर स्वदेशमै उत्पादित फूलले तिहारलाई पुग्ने बताए ।

विगतका वर्षमा तिहारका लागि मात्र भारतबाट करिब १२ लाखभन्दा बढी रुपैयाँबराबरको फूल आयात गरिन्थ्यो । एसोसिएसन नेपाल अध्यक्ष श्रेष्ठले यस वर्षको तिहारमा सयपत्री माला १२ लाख र मखमलीको ३ लाख गरी कुल १५ लाख माला आवश्यक पर्ने बताए ।

उनले माग कम रहेका कारण मालाको मूल्य पनि ६० देखि ७० रुपैयाँमा पाइने बताए । पछिल्लो समय सयपत्री फूलको खेती विस्तार हुँदै गएका कारण देश सयपत्रीमा आत्मनिर्भरता हुँदै गएको उनको भनाइ छ ।

यस वर्ष कोरोना महामारीका कारण ठूलो संख्यामा मानिस काठमाडौंबाट बाहिरिएका छन् । जसका कारण सयपत्री फूलमा आत्मनिर्भर जस्तो देखिए पनि अझै उत्पादन बढाउनुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

मोरङको मिक्लाजुङबाट ...

इटहरी । मोरङको मिक्लाजुङबाट बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ गा ...

मोरङमा कोरोना संक्रम ...

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । मृत्यु ह ...

भारतीय विदेश सचिव हर ...

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला यही मंसिर ११ गते नेपालको औपचारिक भ्रमणका लागि आउने भ ...

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...