केन्द्रीय महासङ्घको निर्णय विपरीत व्यवसायीले चलाए बस

  • प्रकाशित मिति: कार्तिक २३, २०७७ / सञ्चारलय
alt

प्रदेश १ का यातायात व्यवसायीले महासङ्घको निर्णय विपरीत बस सञ्चालन गरेका छन् ।

अन्य प्रदेशले यातायात व्यवसायलाई सहयोग गरे पनि प्रदेश १ सरकारले कुनै सहयोग नगरेको भन्दै आइतबारबाट सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपाल, प्रदेश १ महासङ्घले अनिश्चित कालिन बन्दको घोषणा गरेको थियो । तर व्यवसायीले महासङ्घको निर्णय मानेनन् । आइतबार निर्बाध रूपमा सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन् ।

बन्द गर्न आवश्यक नभएकाले यातायात सञ्चालन गरेको नेपाल यातायात व्यवसायी महासङ्घ मोरङका अध्यक्ष राजन कँडेलले जानकारी दिए । उनले बन्दका बारेमा आफूहरूलाई जानकारी नभएको बताए । ‘महिनौँको बन्द पछि बल्ल सवारी चल्न थालेका छन् ।’उनले भने ‘अहिले बन्द गर्न आवश्यक छैन । केही व्यक्तिलाई लागेकै भरमा जनतालाई दुःख दिन मिल्दैन ।’

प्रदेश सरकारले राहत नदिएको विरोधमा सार्वजनिक यातायात केन्द्रीय महासङ्घ प्रदेश १ ले आइतबारबाट अनिश्चित कालिन यातायात बन्दको घोषणा गरेको थियो । तर महासङ्घले गरेको बन्द सिन्डिकेटको पक्षमा रहेकाहरूले उल्लङ्घन गरेको महासङ्घ प्रदेश १ महासचिव रमेश खत्रीले जानकारी दिए । यद्यपि बन्दमा छुटफुट रूपमा मात्रै सवारी चलेको उनको दाबी छ ।

लकडाउन अवधिको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैङ्कको व्याजमा सहुलियत दिनुपर्ने, कात्तिक मसान्तपछि सवारी करमा विलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने लगायत नौ बुँदे माग सम्बोधन नभएपछि यातायात बन्द गर्न लागिएको उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...

निशान र अर्जुनले ल्य ...

काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत &lsquo ...

यी हुन् जाडो मौसममा ...

एजेन्सी । जाडो मौसममा सन्तुलित खाना (अन्न, दाल गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध, दही र चिल्ल ...