मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ओझा

  • प्रकाशित मिति: कार्तिक २४, २०७७ / सञ्चारलय
alt

झापाको मेचीनगर नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत खेम ओझाले कार्यभार सम्हालेका छन् । मोरङको रतुवामाई नगरपालिकाबाट सरुवा भएका ओझाले सोमबारबाट मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएका हुन् ।
तत्कालीन झापा जिल्लाको स्थानीय विकास अधिकारी रहँदा राज्य पुनःसंरचनामा स्थानीय तहको रेखाङ्कन कार्यका महत्त्वपूर्ण योगदान पुर्‍याएका ओझालाई सोमबार एक कार्यक्रम गरी पालिकाले स्वागत गरेको छ ।
कार्यकारीको जिम्मेवारी सम्हालेका ओझाले नेपाल सरकारको नीति तथा नियम अनुसार जनप्रतिनिधि, नगरवासीको भावना अनुसार काम गर्ने प्रतिबद्धता गरे ।
यस्तै उनलाई नगरपालिकाका कार्यवाहक नगरप्रमुख मिना उप्रेती, कार्यपालिका सदस्य, वडाध्यक्ष तथा कर्मचारीले कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।
ओझा झापा जिल्ला स्थित लखनपुर निवासी हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

झापामा मोटरसाइकल दुर ...

झापा । झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत् ...

निषेधाज्ञामा चेकिङका ...

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको गाडीको ठक्क ...

काठमाडौं जिल्ला अदाल ...

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ । ...

४०० रुपैयाँले घट्यो ...

काठमाण्डौ ।सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

जंगलमा च्याउन खोज्न ...

झापा । मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक युवकको हात्तीको आक्रमणबाट मृत्यु भएको ...

इटहरीमा थप ४४ जनामा ...

इटहरी । सुनसरीको इटहरीमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की