सामाजिक सञ्जाल सञ्चालनमा प्रधानमन्त्रीको सचिवालय असंवेदनशील

  • प्रकाशित मिति: कार्तिक २६, २०७७ / सञ्चारलय
alt

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको असंवेदनशीलताका कारण उनी फेरि एकपटक सामाजिक सञ्जालमा लेखिएको विषयले विवादमा तानिएका छन्। प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डलबाट मंगलबार दिउँसो प्रेस सल्लाहकार सूर्य थापा र पत्रकार मातृका पौडेलको फोटोसहित नयाँ व्यवसाय सुरु गर्न लागेकोमा बधाई दिइएको छ।

कोही समय कोरोना संक्रमित पत्रकार पौडेलले नयाँ व्यवसाय सुरु गर्न लागिएको भन्दै शुभकामना दिइएको थियो। ‘नयाँ व्यावसायिक यात्रामा अघि बढ्ने मातृका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना,’ प्रधानमन्त्रीको ह्याण्डलबाट गरिएको ट्विटमा भनिएको छ,‘हामी दुबैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने योजना सुनाउनु हुँदा दुवैजना दंग ।

६ लाख ६३ हजार फलोअर भएको प्रधानमन्त्रीले ट्विटमार्फत बधाई दिएको केहीछिनमै डिलिट गरियो। त्यसले के देखाउँछ भने सामाजिक सञ्जाल सञ्चालनमा प्रधानमन्त्रीको सचिवालय संवेदनशील छैन। यसअघि पटकपटक गर्दै आएको गल्तीलाई प्रधानमन्त्रीको सचिवालयले फेरि दोहोयाएको छ। मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको ट्विटर अकाउन्ट सचिवालयबाटै ‘दुरुपयोग’ भएको देखिएको छ।

                                                                                          नागरिक दैनिकबाट

 

तपाईको प्रतिक्रिया दिनुहोस्

आजपनी सुनको मूल्य त ...

काठमाडौं । सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु ...

नोबेलमा उपचाररत २ जन ...

इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हु ...

वीपी प्रतिष्ठानमा उप ...

इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीका कारोन ...

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...