यातायात कार्यालय इटहरीको चरम लापरबाहीले सेवाग्राही मारमा: सूचना टाँस्दै, जरिवाना असुल्दै

  • प्रकाशित मिति: कार्तिक २७, २०७७ / प्रकाश तिम्सिना
alt

इटहरी :यातायात व्यवस्था विभागको सिस्टम र यहाँका कर्मचारीको चरम लापरबाहीले सेवाग्राहीले हदैसम्मको सास्ती पाएको गुनासो गरेका छन् ।
विभिन्न समयमा सवारीसाधनको कर तिर्नका लागि सूचना जारी गरेर आह्वान गर्ने यातायात व्यवस्था विभागमा कर तिर्न आउने सेवाग्राहीलाई सिस्टम बिग्रिएको भन्दै दुःख दिने गरेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
बिहीबार यातायात व्यवस्था विभागको कार्यालय अगाडि भेला भएका सर्वसाधारण सेवाग्राहीले सवारीसाधनको कर तिर्ने समयमा कर तिर्न आउँदा कार्यालयको सिस्टम बिग्रिएको भन्दै पटक–पटक फर्काएको गुनासो गरेका हुन् । समयमा कर नतिरे जरिवाना तिर्नुपर्ने भन्दै कार्यालयले उर्दी गरेपछि कर नवीकरण गर्न कार्यालय समयमा आएका सेवाग्राही आक्रोशित बन्न पुगेका छन् ।
मोरङ सुन्दरहरैँचाका नवराज सिग्देलले सेवाग्राहीलाई यातायात विभागले हदैसम्मको दुःख दिएको गुनासो गरे । ‘कात्तिक २३ गते कर नवीकरण गर्नका लागि आएको थिएँ, त्यो दिन सिस्टम बिग्रिएको भन्दै २५ गते बोलाइयो,’ सिग्देलले आक्रोशित हुँदै भने, ‘२५ गते म आउँदा पनि सिस्टम अझै नबनेकाले कार्यालयले सूचना प्रकाशित गरेपछि २७ गते ९बिहीबार० आउँन भनियो, बिहान ९ बजे नै आए पनि काम भएन ।’
ट्रकको नवीकरण गर्न आएका उनले अघिल्लो दिनमा जुन सास्ती खेपे सो दिन पनि कर्मचारीबाट सोही प्रकारको जवाफ पाएपछि भौँतारिन पुगे । उनी कार्यालयका कर्मचारीको बेवास्ता र चरम लापरबाहीका कारण हरेक दिन सयौँ सर्वसाधारण मानिसले दुःख पाउने गरेको उनको भनाई छ ।
उनले सञ्चारलयसगँ भने ‘म नजिकैको सेवाग्राहीले यति दुःख पाएँ भने अन्य जिल्लाका सेवाग्राहीको हालत कस्तो होला रु यो सबै समस्या कार्यालयको गम्भीर लापरबाहीले गर्दा हो । लकडाउनको समयमा ८ महिना बन्द भएका सवारीसाधनको यस्तो समयमा यातायात कार्यालयको यो खालको सेवा प्रवाहले हामीलाई कस्तो समस्या परेको होला, तपाई आफैँ भन्नु ?’
सिग्देल एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै सयौँ सर्वसाधारणले दैनिक दुःख पाइरहेका छन् ।
बिहीबार नै उनी जस्तै समस्या भोगिरहेका ट्याम्पो चालक राजकुमार गुरुङ पनि आक्रोशित थिए । हातमा ट्याम्पोको कर नवीकरणका लागि कागजपत्र बोकेर झ्याल र ढोको च्याउँदै गर्दा भेटिएका उनले भने, ‘नवीकरण गर्ने समय गत कार्तिक ८ गते सम्म थियो । कार्यालय बन्द रहेकाले २१ गतेबाट कार्यालय धाइरहेको छु, तर काम भइरहेको छैन ।’

उनले आफ्नो नाममा रहेको ट्याम्पो छोराको नाममा पास गरेर आँफू बाहिर जाने अन्तिम तयारीमा रहेको भए पनि यातायातका कर्मचारीको लापरबाही र मनपरीतन्त्रले गर्दा आँफू पीडित बन्नु परेको उनले सुनाए । ‘म एक वर्षको लागि भारत बस्न जादैंछु, जानुअघि छोराको नाममा ट्याम्पो पास गर्दिएर जानपाए राम्रो हुन्थ्यो,’ उनले भने, ‘तर कर नवीकरण नगर्दा पास रोकिएको छ । कर तिर्न आको कार्यालयले सिस्टममा समस्या छ भन्छ ।’
उनलाई कर्मचारीहरूले तिहारपछि मात्रै आउनु भनेको तर आफ्नो दुई दिन पछिको टिकट रहेकाले गर्दा आफू अन्यौलमा रहेको उनले बताए ।
यातायात कार्यालयबाट सेवा प्रवाहमा भएको समस्याले कर नवीकरण गर्ने सेवाग्राही मात्रै मारमा परेका छैनन् । यहाँबाट हुने हरेक सेवा प्रभावकारी नहुँदा दैनिक सयौँ सर्वसाधारण मानिसहरूले समस्या खेप्दै आएका छन् । कार्यालयले पटक–पटक सूचना जारी गर्दै कार्यालयको सिस्टम बिग्रिएको कारण देखाएर जरिवाना समेत लिएपछि यति बेला सवारी धनीलाई पर्नु सम्मको समस्या परेको छ ।
यता, यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख राजकुमार गुप्ताले भने सिस्टममा समस्या रहेको स्वीकार गरे । उनले भने, ‘यो समस्या हाम्रो मात्रै नभई देशैभरि रहेको छ, यस अघि देखिकै कर दाखिला गर्ने ५ हजार भन्दा धेरै कागजपत्र पेन्डिङमा रहेका छन् ।’ पुरानै कागजपत्र पेन्डिङमा रहेका कारण काम गर्न असहज भएको उनले प्रतिक्रिया दिए ।
देशैभरि भिआरयस सरभरले काम गर्ने भएकाले काममा ढिलाइ भएको उदृत गर्दै उनले भने, ‘यो समस्या देशभरि नै छ, सरकारले जरिवाना नलिनु भनेर छुट दियो भने हामीले पनि छुट दिन्छौँ, होइन भने अहिलेकै नियम अनुसार कर लाग्छ ।’

यि हेर्नुहोस् कार्यालयले विभिन्न मितिमा प्रकाशित गरेका सुचना

yatayat 1 paper yatayat second last yatayat last paper

 

तपाईको प्रतिक्रिया दिनुहोस्

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...

बाइडनलाई सत्ता हस्ता ...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम ...

किन आउँदै छन् चिनिया ...

काठमाडौं । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौ ...

भारतले कूटनीतिक तहबा ...

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै ...