यस्तो चोरी: सीसीटीभी फुटेज हेर्दा प्रहरी नै चकित !

  • प्रकाशित मिति: कार्तिक २८, २०७७ / सञ्चारलय
alt

काठमाडौं । सामान्यतयाः चोरी गर्नेहरुको दिमाग धेरै सक्रिय हुने गर्दछ । उनीहरु आम मानिसहरुको तुलनमा धेरै चलाख हुन्छन् । तर कतिपय चोरीका घटनाहरु सबैलाई अच्चममा पार्ने खालका हुन्छन् । यस्तै एक चोरीको घटना भारत मध्य प्रदेशको इन्दौरमा चोरीको रोचक घटना घटेको छ ।

चोरी सामान्य थियो, तर चोरले अपनाएको तरिकाले सबैलाई चकित पार्यो । एउटा अपार्टमेन्टबाट एउटा कार चोरी भएको थियो । त्यसपछि सीसीटीभी फुटेज खोजी गरियो । अनुसन्धानपछि प्रहरीहरूलाई यो आश्चर्यजनक चोरीबारे थाहा भयो ।

टोरी कर्नरको सृष्टि अपार्टमेन्टमा एउटा कार चोरी भएको थियो । फुटेज हेर्दा, चोर मोटरसाइकलबाट आएको भनेर थाहा भयो । ति चोरले मोटरसाइकलमा आएर सुरुमा कार चोर्यो र आफु चढेर आएको मोटरसाइकल त्यहाँ छोड्यो । त्यसपछि अर्को बाइक लिएर आयो अनी सुरुवातमा त्यहाँ छोडेको मोटरसाइकल लिएर गएको खुलेको छ ।

अन्तिम मोटरसाइकल लिनका लागि उनी पैदल हिडेर त्यहाँ आएको फुटेजमा देखिएको छ । कार फेला परेको छ, तर चोर अझै फेला परेको छैन । एसआई भगवानसिंह पटेलले भने, ‘आरोपीको शैली र पैदल शैलीको आधारमा अनुसन्धान सुरु गरिएको छ ।

यो निर्णय गरियो कि कार जुन दिशामा गयो, त्यो दिशामा जानु पर्छ । लगातार सीसीटीभी फुटेज हेरेपछि प्रहरी टीम राजाको बगैंचास्थित सरस्वती स्कूल पुगे । कार खाली ठाउँमा भेटियो ।’ प्रहरीको शंका छ कि उक्त चोर वरपरको क्षेत्रमा लुकेको हुनुपर्छ ।

उनले खेतमा कार पार्क गरेका थिए, जानकारी अनुसार एक वा दुई दिनमा उनले त्यसलाई लुकाउने योजना बनाएको हुनसक्ने प्रहरीका अनुमान रहेको छ । हुलियाको आधारमा चोरको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

                                                                          स्रोतः जनबोलीबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

बीबीसी हन्ड्रेड विमि ...

काठमाडौं । बेलायती प्रसारण निगम (बीबीसी) ले सन् २०२० का लागि छानेका विश्वका १०० प्रेरणादायक र प्रभाव ...

मोरङको मिक्लाजुङबाट ...

इटहरी । मोरङको मिक्लाजुङबाट बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ गा ...

मोरङमा कोरोना संक्रम ...

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । मृत्यु ह ...

भारतीय विदेश सचिव हर ...

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला यही मंसिर ११ गते नेपालको औपचारिक भ्रमणका लागि आउने भ ...

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...