खोटाङको उत्तर-दक्षिण जोड्ने वैकल्पिक पक्की सडक बन्छ: सांसद भट्टराई

  • प्रकाशित मिति: कार्तिक २८, २०७७ / सञ्चारलय
alt

खोटाङ: प्रतिनिधि सभाका सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीका नेता विशाल भट्टराईले केही समय पछि देखि खोटाङको बंशिलाघाट देखि चिसापानी सडक पक्की बन्ने कार्यको थालनी गरिने बताएका छन् । बिहीबार जन्तेढुङ्गा गाउँपालिकाबाट सुरु भएको सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्दै उनले सडक विभाग अन्तरगत सो योजना सञ्चालन हुने बताएका हुन् ।

उनले विगतमा आफ्नो प्रयास र छनौटको आधारमा बंशिला चिसापानी सडकको ट्याक खुलेको स्मरण गराउँदै जिल्लामा हाल १२ वटा भन्दा बढी पक्की पुल निर्माण हुने चरणमा रहेको जानकारी दिए ।

खोटाङ जिल्लाको विभिन्न स्थानमा टेलिकमको टावर बनेको चर्चा गर्दै अव जुनसुकै स्थानमा टेलिफोन सेवा चल्ने अवस्था प्रति खोटाङका नागरिकलाई बधाई समेत दिएका थिए ।
स्वास्थ्य सेवाको विस्तारको क्रममा साबिकमा चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था र हालको अवस्था सिंहावलोकन गर्दै भट्टराईले यसलाई प्रगतिको रूपमा लिन पर्ने बताए । हाल सो केन्द्रमा मेडिकल अधिकृतले सेवा पुर्‍याइरहेका छन् । छिट्टै चिसापानी स्वास्थ्य केन्द्र अस्पतालको रूपमा स्तरोन्नति गर्नको लागि सङ्घीय सरकारबाट करिब साढे ३ करोडको बजेट प्राप्त भई गाउँपालिकाबाटै टेण्डर हुने सांसद भट्टराईको भनाई छ । साथै सोही क्रममा उनले जन्तेढुङ्गा गाउँपालिकाका गौरवका आयोजनाहरू विद्युत्, खानेपानी र प्रशासकीय भवनको निरीक्षण समेत गरेका थिए । उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शंकर बहादुर राई, उपाध्यक्ष विमला राई, गाउँपालिकाका प्रशासकीय अधिकृत गिरीराज भट्टराई, नेकपा जिल्ला सचिवालय सदस्य राजन बञ्जरा, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य खेम कार्की लगायतले स्वास्थ्य इकाई तथा विकासको सन्दर्भमा आफ्नो भनाई राखेका थिए ।

jantedhungga 1

तपाईको प्रतिक्रिया दिनुहोस्

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...

बाइडनलाई सत्ता हस्ता ...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम ...

किन आउँदै छन् चिनिया ...

काठमाडौं । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौ ...

भारतले कूटनीतिक तहबा ...

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै ...