विद्यालय सञ्चालनको कार्यढाँचा सार्वजनिकः खुलाउने वा बन्द गर्ने जिम्मा स्थानीय तहलाई

  • प्रकाशित मिति: मंसिर ३, २०७७ / सञ्चारलय
alt

कोरोना भाईरसका कारण लामो समयदेखि बन्द रहेका निजि तथा सरकारी विद्यालय खुल्ने भएका छन् ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ सार्वजनिक गरेसगैं सम्पुर्ण विद्यालय खुल्ने भएका हुन् ।
कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ ।

मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्यांकन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेकोे हो ।
अब संक्रमणको जोखिम मूल्यांकन गरी विद्यालय बन्द गरिराख्ने कि खोल्ने भन्ने निर्णय स्थानीय सरकारले नै गर्न सक्ने छन् ।

विद्यालय सन्चालनको कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालनपूर्व निर्मलीकरणलगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ । विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ ।

स्थानीय सरकारहरुले अब एकै समयमा सबै कक्षा वा अलग–अलग समयमा अलग–अलग कक्षा सन्चालन गर्न सक्ने छन् । कक्षा अवधिको समय छोट्याउने र हप्तामा केही दिन वा दिनमा केही घण्टा कक्षा सन्चालन गर्ने विकल्प पनि दिइएको छ ।

गत असोज २२ को निर्णयका आधारमा सरकारले सबै तहका परीक्षा सञ्चालनको कार्य शुरु गरिसकेको छ । यही मंसिर ९ गतेदेखि कक्षा १२ को गत वर्षको परीक्षाको ४० नम्बर प्राप्तांकका लागि प्रत्यक्ष परीक्षा हुँदैछ । सो परीक्षामा विद्यार्थीलाई जहाँ रहेको छ त्यहीँको विद्यालय ९होम सेन्टर० का रूपमा पनि परीक्षामा सामेल गराउने तयारी छ ।

परीक्षा अनलाइनबाट पनि दिन सकिने विकल्पमा छलफल भए पनि विद्यमान प्रश्नपत्रको प्रणालीमा यो विधि विश्वसनीय हुनेमा आशंका पैदा भएकाले प्रत्यक्ष परीक्षा सन्चालन गरिँदै छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

भारतमा पछील्लो २४ घण ...

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको छ । योसहित भारतमा कोरो ...

आजपनी सुनको मूल्य त ...

काठमाडौं । सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु ...

नोबेलमा उपचाररत २ जन ...

इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हु ...

वीपी प्रतिष्ठानमा उप ...

इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीका कारोन ...

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...