जो बाइडनः ट्रम्पले विश्वलाई डरलाग्दो सन्देश प्रवाह गरिरहेका छन्

  • प्रकाशित मिति: मंसिर ५, २०७७ / सञ्चारलय
alt

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पद्वारा चुनाव हारेको स्वीकार नगर्नुलाई निन्दा गर्दै यसले एउटा देशका रूपमा एकदमै भयानक सन्देश प्रवाह गरेकोू बताएका छन्।

उनले ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको आरोप लगाए।

बाइडनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गरेका छन्।

बाइडनले ट्रम्पलाई आफू चुनाव जित्दिन भन्ने थाहा भएको र उनले आश्चर्यजनक रुपमा गैरजिम्मेवारी देखाएको बताएका छन्।

कोरोनाभाइरस सङ्कटबारे डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको एउटा भर्चुअल बैठकपछि बोल्दै बाइडनले यस्तो बताएका हुन्।

.अमेरिकी निर्वाचन मतगणना परिणाम: यो अन्त्यहीन चुनावी प्रक्रिया कसरी टुङ्गिएला?
.अमेरिका निर्वाचन परिणाम: यसपालि जो बाइडनसँग पराजित डोनल्ड ट्रम्प कसरी होटल व्यवसायदेखि राष्ट्रपति पदसम्म पुगेका थिए

विश्वलाई सन्देश

उनले भने, राष्ट्रपतिले लोकतन्त्रले कसरी काम गर्छ भन्नेबारे बाँकी विश्वमा अविश्वसनीय रूपमा हानिकारक सन्देश पठाइरहेका छन्। र, उनलाई अमेरिकी इतिहासको सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रूपमा सम्झिइनेछ।

ट्रम्पले अहिलेसम्म हार स्वीकारेका छैनन् र विभिन्न राज्यमा मतपरिणामविरुद्ध मुद्दा हालेका छन्। उनले आफ्नो रणनीति परिवर्तन गर्न अहिले ह्वाइट हाउसमा राज्यका विधायकहरूलाई पनि बोलाएका छन्।

jo1

मिसिगनका रिपब्लिकन विधायकहरूलाई शुक्रवार उनलाई भेट्न भनिएको छ।

तर उनले अपनाएका हरेक प्रयासले नतिजा आफ्नो पक्षमा ल्याउन असफल भएका छन्।

बाइडनले ट्रम्पको भन्दा बढी लोकप्रिय मत पाएका छन् भने अमेरिकी इलेक्टरल कलेज प्रणालीमा उनले ३०६ देखि २३२ इलेक्टरल कलेजमा जित्ने सङ्केत देखिएको छ।

हरेक राज्यले आगामी केही साताभित्र सबै मतलाई प्रमाणिकरण गरिसक्ने ठानिएको छ।

तर राज्य अनुसार समयतालिका फरकफरक छ।

मत प्रमाणित आइसकेपछि ट्रम्पले त्यसलाई उल्ट्याउने सम्भावना कम हुन्छ।

.अमेरिका निर्वाचन २०२० परिणाम: अमेरिकी राष्ट्रपति पदका विजेता जो बाइडन को हुन्र?
.अमेरिकी निर्वाचन परिणाम:डोनल्ड ट्रम्पले कहाँकहाँ कस्तोकस्तो मुद्दा हालेका छन् र के यो विषय सर्वोच्च अदालत पुग्ला?

                                                                                      बीबीसी नेपालीबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

बीबीसी हन्ड्रेड विमि ...

काठमाडौं । बेलायती प्रसारण निगम (बीबीसी) ले सन् २०२० का लागि छानेका विश्वका १०० प्रेरणादायक र प्रभाव ...

मोरङको मिक्लाजुङबाट ...

इटहरी । मोरङको मिक्लाजुङबाट बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ गा ...

मोरङमा कोरोना संक्रम ...

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । मृत्यु ह ...

भारतीय विदेश सचिव हर ...

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला यही मंसिर ११ गते नेपालको औपचारिक भ्रमणका लागि आउने भ ...

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...