सर्जियो रामोसले चोटका कारण महत्वपूर्ण तीन खेल गुमाउँदै

  • प्रकाशित मिति: मंसिर ५, २०७७ / सञ्चारलय
alt

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले महत्वपूर्ण तीन खेल गुमाउने भएका छन्। दाहिने तिघ्रामा लागेको चोटका कारण उनले ला लिगामा भिलारियल र अलाभेस साथै च्याम्पियन्स लिगमा इन्टर मिलानसँगको खेल गुमाउने भएका हुन्।

रियल मड्रिडले भिलारियलसँग शनिबार राति ९ बजे खेल्दैछ भने आउने बिहीबार च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा इन्टर मिलानसँग खेल्दैछ। त्यसको तीन दिन पछि नै ला लिगामा अलाभेससँग खेल रहेको छ।

डिफेन्डर रामोसले डिसेम्बर १ मा हुने च्याम्पियन्स लिग अन्तर्गत शख्तर डोनेस्कसँगको खेल भने खेल्न सक्ने अनुमान गरिएको छ।

युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले जर्मनीलाई ६–० ले हराएको खेलमा रामोस चोटका कारण बाहिरिएका थिए। ४० औँ मिनेटमा रामोस बाहिरिएपछि पनि स्पेनले जर्मनीलाई दोस्रो हाफमा थप तीन गोल हानेको थियो। तर रियल मड्रिड टिममा भने रामोसबिनाको पछिल्ला अवस्था सहज छैन।

च्याम्पियन्स लिगमा त रामोस बिना रियल मड्रिडले खेलेका पछिल्ला आठ खेलमा सात खेल गुमाएको छ। जसमा २०१८–१९ को च्याम्पियन्स लिगमा आयाक्ससँग ४–१, गएको सिजन म्यानचेस्टर सिटीसँगको २–१ को हार र यसै सिजन शख्तर डोनेस्कसँगको ३–२ को हारसमेत रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

बीबीसी हन्ड्रेड विमि ...

काठमाडौं । बेलायती प्रसारण निगम (बीबीसी) ले सन् २०२० का लागि छानेका विश्वका १०० प्रेरणादायक र प्रभाव ...

मोरङको मिक्लाजुङबाट ...

इटहरी । मोरङको मिक्लाजुङबाट बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ गा ...

मोरङमा कोरोना संक्रम ...

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । मृत्यु ह ...

भारतीय विदेश सचिव हर ...

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला यही मंसिर ११ गते नेपालको औपचारिक भ्रमणका लागि आउने भ ...

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...