इटहरी ५ का ८८ वर्षीय वृद्ध सहित ३ जना उपचाररत कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मिति: मंसिर ५, २०७७ / सञ्चारलय
alt

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरका अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी –५ का ८८ वर्षीय वृद्ध, झापाको गौरादह –८ का ६३ वर्षीय वृद्ध पुरुष र भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।

इटहरी –५ का ८८ वर्षीय वृद्धमा २७ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि उपचारका लागि विराटको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा शुक्रबार(आज) बिहान मृत्यु भएको हो । अस्पतालका अनुसार मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो ।

यस्तै झापाको गौरादह –८ का ६३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा बिहान ७ः३० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा बिहीबार रिपोर्ट पोजिटिभ आएको थियो ।

यसैगरी मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पताल दुई र विराटनगरको नोबेल शिक्षण अस्पतालमा भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार कोरोना पुष्टि भएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

भारतीय विदेश सचिव हर ...

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला यही मंसिर ११ गते नेपालको औपचारिक भ्रमणका लागि आउने भ ...

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...

बाइडनलाई सत्ता हस्ता ...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम ...

किन आउँदै छन् चिनिया ...

काठमाडौं । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौ ...