मुक्तिनाथ विकास बैंकलाई युरोपियन माइक्रोेफाइनान्स अवार्ड

  • प्रकाशित मिति: मंसिर ५, २०७७ / सञ्चारलय
alt

काठमाडौ: मुक्तिनाथ विकास बैंक “युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०” बाट पुरस्कृत भएको छ ।
बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनका आधारमा उक्त पुरस्कार दिइएको हो ।
अवार्डसँगै बैंकले एक लाख युरो प्राप्त गरेको छ ।

उक्त पुरस्कारको लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र ईथोपियाको १÷१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी पुरस्कार दिएको हो ।

पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

बैंकले ४२ जिल्लामा रहेका १३८ ओटा शाखामध्ये ११८ ओटा शाखामार्फत् साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेकोछ । जसमा १ लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिईरहेका छन् भने १७ अर्बभन्दा बढी लगानी भएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

बीबीसी हन्ड्रेड विमि ...

काठमाडौं । बेलायती प्रसारण निगम (बीबीसी) ले सन् २०२० का लागि छानेका विश्वका १०० प्रेरणादायक र प्रभाव ...

मोरङको मिक्लाजुङबाट ...

इटहरी । मोरङको मिक्लाजुङबाट बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ गा ...

मोरङमा कोरोना संक्रम ...

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । मृत्यु ह ...

भारतीय विदेश सचिव हर ...

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला यही मंसिर ११ गते नेपालको औपचारिक भ्रमणका लागि आउने भ ...

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...