घरघरमै मनाइयो छठ, सुनसान बुढीगङ्गा नदी

  • प्रकाशित मिति: मंसिर ५, २०७७ / सञ्चारलय
alt

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइएको छ ।
आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले शुक्रवार बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिँदुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गरेका छन् ।

कोरोना भाइरस महामारीका कारण यस वर्ष विगतमा झैँ मानिसहरू जलाशयमा गएका छैनन् । धेरैले घरमै तथा घर नजिकै रहेका सामान्य खोला नालामा साङ्केतिक जलाशय बनाएर पूजा गरेका छन् । सुनसरी र मोरङको सिमानामा पर्ने बुढीगंगा नदिमा सदाँका वर्ष छठ पर्व मनाउने अत्यधिक भक्तजन आउने भए पनि यो वर्ष सुनसान रह्यो ।

budhikhola 1

विगतका वर्षमा सो नदिमा छठ मनाउन टाढा टाढा देखि भक्तजन आउने भए पनि यो वर्ष कोरोना कहरका कारण भक्तजन नआँँदा शुक्रबार साँझ नदी सुनसान देखिन्थ्यो । बुढीगगा नदी मात्रै हैन ठुलठुला नदी तलाउ पनि यो वर्ष सुनसान छन् । प्रशासनले पनि आआफ्नो घरमा छठ पर्व मनाउन बताएको थियो ।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजा अर्चनाका लागि उभिने गरेको पाइन्छ ।

budhikhola 3
स्बीर: एकराज दाहालको फेसबुक वालबाट
budhikhola 4

 

तपाईको प्रतिक्रिया दिनुहोस्

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...

मोरङमा मोटरसाइकल दुर ...

इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ। १-०२-०४२ प ४२१६ नम्बरको पश्चिमतर्फ जादै ...

बाइडनलाई सत्ता हस्ता ...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम ...

किन आउँदै छन् चिनिया ...

काठमाडौं । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौ ...

भारतले कूटनीतिक तहबा ...

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै ...