राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा स्पाइनल इन्जुरी सङ्घद्वारा ह्यिल चेयर वितरण

  • प्रकाशित मिति: मंसिर ६, २०७७ / प्रकाश तिम्सिना
alt

इटहरी: राष्ट्रिय अपाङ्ग पुन स्थापना समाज काठमाडौँको सहयोग तथा स्पाइनल इन्जुरी सङ्घ प्रदेश १ को आयोजनामा १७ वटा ह्यिल चेयर वितरण गरिएको छ । शनिवार इटहरीमा एक कार्यक्रम गरी धनकुटा, सुनसरी, मोरङ र तेह्रथुम जिल्लाका १७ जना अपाङ्ग भएका व्यक्तिहरूलाई प्रतिगोटा ९० हजार बराबरको ह्यिल चेयर वितरण गरिएको हो ।

स्पाइनल इन्जुरी सङ्घ प्रदेश १ का अध्यक्ष विक्रम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम प्रमुख अतिथि रहेकी थिइन् भने राष्ट्रिय अपाङ्ग पुन स्थापना समाज काठमाडौँका उपाध्यक्ष सुगम भट्टराई विशेष अतिथि रहेका थिए ।

apangga 2

विभिन्न प्रकारका घटना तथा रोगका कारण अपाङ्ग भएका व्यक्तिहरूको लागि खेल खेल्न सकिने खालको (रफराइडर) ह्यिल चेयर वितरण गरिएको राष्ट्रिय अपाङ्ग पुन स्थापना समाज काठमाडौँका उपाध्यक्ष भट्टराईले बताए । उनले भने ‘भन्ने बित्तिकै पाइने खालको ह्यिल चेयर यो हैन । अपाङ्ग भएका व्यक्तिहरूले सहजै खेल खेल्न सकिने खालको चेयर विदेशी दाताको सहयोगमा आउने भएकाले केही समय ढिला भएको छ ।’ भट्टराईले भने ‘निकै लामो प्रयासबाट देशका विभिन्न स्थानमा वितरण गरिएको छ । हाम्रो संस्थाले हस्तान्तरण गरेको ह्यिल चेयरको मर्मत सभांर स्थानीय तहले गरिदिन समेत आग्रह गर्दछु ।’ १७ वटा ह्यिल चेयरको दाम अहिले करिब १५ लाख पर्ने उनले बताए ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासघ नेपाल प्रदेश एककी अध्यक्ष पार्वती श्रेष्ठले लामो समयको सङ्घर्षबाट आज ह्यिल चेयर वितरण गर्न पाएको बताइन् । अपाङ्ग भएका व्यक्तिलाई सामान्य मान्छेको जस्तै विभिन्न प्रकारका खेल खेल्ने मन भए पनि शारीरिक अस्वास्थ्यका कारण व्यायाम गर्न नपाएको बताइन् । यो ह्यिल चेयर पाएपछि सहजै बास्केटबल तथा ब्याड्मिन्टन खेल्न सकिने उनको भनाई छ ।

कार्यक्रमकी प्रमुख अतिथि इटहरी उपमहानगरकी उपप्रमुख गौतमले अपाङ्ग व्यक्ति तथा संस्थालाई सहयोग गर्न उपमहानगर तयार रहेको बताइन् । विगतका वर्षहरूमा अपाङ्ग अस्पतालको भवन निमार्ण तथा विभिन्न प्रयोजनमा अपाङ्गको साथमा रहेको स्मरण गराउँदै आगामी वर्ष पनि सहयोग गर्ने उपप्रमुख गौतमले बताइन् । उनले भनिन् इटहरीको सवालमा हाल १८ सय बढी अपाङ्ग व्यक्ति रहेका छन् । जसमध्ये १०० जनालाई घर घरमै पुगेर रेड कार्ड वितरण गरेका छौँ ।’ अब प्रदेश कमिटीले अपाङ्ग भएका व्यक्तिहरूमाझ बास्केटबल खेलको आयोजना गरे इटहरी उपमहानगरपालिकाले सबै खर्चको व्यवस्था गर्न तयार रहेको उपप्रमुख गौतमले बचन दिएकी छिन् । गौतमले अपाङ्ग भएको व्यक्तिले केही सिप सिक्छु, आत्मनिर्भर हुन चाहनेलाई कम्पनी तथा व्यवसायमा लाग्ने सम्पूर्ण कर छुटको व्यवस्था रहेको बताइन् ।
कार्यक्रमका अध्यक्ष तथा स्पाइनल इन्जुरी सङ्घ प्रदेश १ का अध्यक्ष विक्रम घिमिरेले अपाङ्ग भएका व्यक्तिहरूको मनोभावना बुझेर नै ह्यिल चेयर हस्तान्तरण गरेकोमा राष्ट्रिय अपाङ्ग पुन स्थापना समाजलाई धन्यवाद दिए । अन्य कार्यक्रममा सामान्य हिँडडुल गर्ने ह्यिल चेयर वितरण गर्ने गरे पनि यो यो पटक भने खेल खेल्न समेत सकिने ह्यिल चेयर वितरण गरेकोमा दाताहरुमाा अझ आशा पलाएको अध्यक्ष घिमिरेले बताए । प्रदेश १ मै पहिलो पटक यति धेरै रकमको ह्यिल चेयर वितरण गर्न समेत प्रदेश सङ्घ सफल भएकोमा घिमिरेले खुसी व्यक्त गरे । कार्यक्रममा बोल्दै उनले अपाङ्ग भएका व्यक्तिहरूको मनको वेदना बाहिरबाट हेरेर नदेखिने बताउँदै अपषङ्गको समस्या हपाङ्ग न बुधm्ने बताए । राज्यले उनीहरूको पालनपोषण तथा हेरचाहमा थप सहयोग गर्न समेत आग्रह गरे ।
स्पाइनल इन्जुरी सङ्घ प्रदेश १ ले यसअघि कोरोना भाइरसका कारण लकडाउनमा घर बाहिर निस्कन नसकेका नियमित औषधी सेवन गर्ने अपाङ्ग भएका व्यक्तिहरूको घरघरमा गएर औषधी वितरण समेत गरेको थियो ।

apangga 3

तपाईको प्रतिक्रिया दिनुहोस्

बीबीसी हन्ड्रेड विमि ...

काठमाडौं । बेलायती प्रसारण निगम (बीबीसी) ले सन् २०२० का लागि छानेका विश्वका १०० प्रेरणादायक र प्रभाव ...

मोरङको मिक्लाजुङबाट ...

इटहरी । मोरङको मिक्लाजुङबाट बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ गा ...

मोरङमा कोरोना संक्रम ...

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । मृत्यु ह ...

भारतीय विदेश सचिव हर ...

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला यही मंसिर ११ गते नेपालको औपचारिक भ्रमणका लागि आउने भ ...

आज सुनको मूल्य तोलाम ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस ...

पथरी गाविसका पूर्व अ ...

इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर् ...