कोरोना जोखिमले तल झरेनन् मुस्ताङी

  • प्रकाशित मिति: मंसिर ९, २०७७ / सञ्चारलय
alt

बेनी । विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष भने मङ्सिरको पहिलो साता बितिसक्दा पनि तल झरेका छैनन् । जाडो याममा हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेक पूरै खाली हुने र तल्लो भेकमा पनि न्यून मात्रामा मानिस बस्ने गरेको विगतलाई यस वर्ष कोरोना भाइरस (कोभिड–१९)ले पूरै फेरिदिएको छ ।

विगतमा कात्तिकदेखि बेँसी झर्न थालेका मुस्ताङी फागुनमा फर्कने गर्दथे तर अहिले कोरोना भाइरसको सङ्क्रमणको जोखिमले उनीहरू आफ्नो थातथलो नछाड्ने मनस्थितिमा पुगेको उपल्लो मुस्ताङको लोमन्थाङका बासिन्दा एवं गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्ट बताउँछन् ।

उनी भन्छन्, “कहिल्यै पनि चिसो याममा आफ्नो ठाउँमा नबसेकाहरू पनि यस पटक भने कोरोना जोखिमलाई ध्यानमा राखेर जिल्ला नछाड्ने स्थानीयवासीले सोच बनाएका छन् ।” विष्टका अनुसार विगतका वर्षमा यो समयसम्म आइपुग्दा उपल्लो मुस्ताङमा १० प्रतिशत हाराहारी मात्रै मानिस हुने गरेको भए पनि अहिले भने कोही पनि तल आएका छैनन् ।

“हालसम्म लोमान्थाङ गाउँपालिकाभित्रको अवस्था हेर्दा पोखरा काठमाडौँतिर आफ्नै घर हुनेहरू केही मात्रै झरेका छन् तर अन्य झरेका छैनन्,” लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम सुवेदील बताए । अधिकृत सुवेदी भन्छन्, “पालिकाका अध्यक्ष झर्न चाहनुभएको छैन, म मात्रै झरेर पनि अर्थ हुँदैन गाउँका सबै यहीँ छन्, उनीहरूसँगै म पनि यहीँ बस्छु भन्नुभएको छ अध्यक्षले पनि ।”

यो समाचार आजको गोरखापत्र दैनिकमा अमृतप्रसाद पौडेलले लेखेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

अर्बौँमा खेल्ने भिखा ...

हिजो तिमि क्रान्तिको मैदानमा हुँदा तिमि माथि दमन गर्नेतिम्रो घिच्चुकमा हान्ने तिम्रो लासमा विजय देख् ...

इटहरीको आपँगाछीमा सड ...

सुनसरीको इटहरी १ आँपगाछीमा भएको दुर्घटनामा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । ट्राफिक प्रहरी पोष्ट ...

राष्ट्रिय युवा संघ स ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आबद्ध युवाहरुको संगठन राष्ट्रिय युवा संघ सुनसरीको संयोजकमाा भुवन याक ...

इनरुवा नगरपालिकाद्धा ...

इनरुवा नगरपालिकाको कार्यालयले स्मार्ट डस्कविन प्रयोगमा ल्याएको छ । नगरपालिकालााई स्वच्छ र सुन्दर वात ...

माधव-प्रचण्ड समुहले ...

विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहले प्रदेश १ मा अध्यक्ष र स ...

विष्णु पौडेललाई महास ...

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले महासचिव पदबाट विष् ...