इटहरी । पथरी गाविसका पूर्व अध्यक्षको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय पूर्व अध्यक्ष तिलक बान्तवा राईको मृत्यु भएको हो ।
पीसीआर परीक्षण गराउँदा राईको रिपोर्ट कात्तिक २१ पोजिटिभ आएपछी उपचारका लागि बीपी प्रतिष्ठान धरान लगिएको थियो।
स्वास्थ्यमा केही सुधार भएपछि अस्पतालबाट घर आएर आराम गरिरहेको अवस्थामा पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि विराट शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा बिहान ४ः३० बजे मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।
प्रजातन्त्र स्थापना पछिको पहिलो स्थानीय निकायको निर्वाचनमा राई नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित भएका थिए । पथरी बजारलाई ब्याकस्थित बनाउन उनको निक्कै ठुलो भूमिका थियो ।
उनी पथरीकै मनकामना साकोसका संस्थापक अध्यक्ष समेत हुन । पछिल्लो समय विभिन्न व्यावसायिक कम्पनीमा आबद्ध राईका २ छोरा र ४ छोरी रहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्