काठमाण्डौ । सुनको मूल्य प्रतितोलामा १८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर मंगलबार (आज) तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ।
यसैबीचगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा १२सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्