काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत ‘तिमीलाई देखेपछि माया पलायो’ सार्वजनिक भको छ ।
निलकण्ठ सुवेदीको शब्द रहेको गीतमा युवायुवतीको भेटपछि हुने प्रेमका कुरा समेटिएको छ । गीतको भिडियो पनि बनेको छ ।
सुरेशदर्पण पोखरेलको निर्देशन रहेको भिडियो संयुक्तराज्य अमेरिकाका विभिन्न रमणीय स्थानमा छायाँकन भएको छ । भिडियोमा भरत सुवेदी र शमिन श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
बिनोद अधिकारीको छायाँकन रहेको भिडियो भरत रेग्मीले सम्पादन गरेका हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्