इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीका कारोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको राजविराज ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको हो ।
५० बर्षीय पुरुषमा मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछी उपचारका लागी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारका क्रममा हिजो दिउँसो १२ बजे मृत्यु भएको सञ्चार केन्द्रले जनाएको छ ।
मृतकको शव व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्