इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका ६ का ४० वर्षीय पुरुष र धरान उपमहानगरपालिका ७ की ५० वर्षीया महिलाको मृत्यु भएको हो ।
४० वर्षीय पुरुषमा श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल भर्ना गरिएको र सोही दिन कोरोना संक्रमण देखिएको थियो ।
उनको उपचारका क्रममा मंगलबार राति ११ः४० बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
धरान उपमहानगरपालिका ७ की ५० वर्षीया महिलामा कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको र ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेको थियो ।
उनको उपचारका क्रममा मंगलबार राति ९ः१५ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस्