इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महोत्तरीकी कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास २ महोत्तरीकी २२ बर्षीया युवतीको मृत्यु भएको हो ।
उनी जनकपुर सिटि अस्पतालबाट रिफर भएर मंसिर २ गते प्रतिष्ठानमा भर्ना गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान २ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानको सुचना केन्द्रले जनाएको छ ।
मृतकको शव व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्