इटहरीमा बन्दैछ ३ सय करोडको लागतमा ५ सय बेडको अस्पताल

  • प्रकाशित मिति: मंसिर २०, २०७७ / सञ्चारलय
alt

जनस्तरकै प्रत्यक्ष लगानीमा इटहरीमा ५ सय बेडको अस्पताल बन्ने भएको छ ।

शुक्रवार इटहरीमा विभिन्न निकायका सरोकारवालाहरूको बैठकबाट अस्पताल निर्माण कार्य अगाडि बढाउने सहमति भएको हो ।

श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपालका उपाध्यक्ष हेम घिमिरेले ५ सय बेडको अस्पताल निर्माणको प्रतिवेदन बैठकमा छलफलका लागि अगाडि सारेका थिए । सो प्रतिबेदनलाई आधार मान्दै घिमिरेको नेतृत्वमा श्री प्राणनाथ मल्टी स्पेसियालिटि हस्पिटल तथा रिसर्च सेन्टर (प्राणनाथ हस्पिटल) बनाउने सम्पूर्ण सरोकारवालाले सहमति जनाएका छन् ।

अस्पताल कहाँ बन्ने भन्नेबारे कुनै निर्णय भएको छैन । केही समय अगाडि इटहरी नगर कार्यपालिका बैठकबाट इटहरी वाड न.१०, ११ मा पर्ने १० बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेता पनि उक्त जग्गा अस्पताल बनाउन उपयुक्त नभएको जानकारी आएपछि जग्गा खोजी अहिले भई रहेको छ ।

अस्पताल भवन निर्माणका लागि इटहरीको जुट विकास अनुसन्धान तथा रेसम खेतीको जग्गा उपयुक्त देखिएको छ । तर सो जग्गा सङ्घीय सरकारको मातहतमा रहने भएकाले स्थानीय तहले भोगाधिकार गर्ने पाउने अधिकार दिएको छैन । जग्गा खोज्नलागि इटहरीका मेयर द्धारिकलााल चौधरीको संयोजकत्वमा ११ सदस्य खोजी कार्य समिति समेत गठन गरिएको छ । सो समितिले जुट विकासको जग्गामा अस्पताल निर्माण गर्नका लागि नेपाल सरकार भूमि सुधार मन्त्रालय सँग आग्रह गर्ने यदि सो जग्गा नदिएको खण्डमा अन्य क्षेत्रका जग्गा खोजी गरिने जग्गा खोजी संयोजक चौधरीले जानकारी दिए ।

अस्पताल निर्माणको प्रस्ताव आएसँगै मेयर द्वारिकलाल चौधरीले त्यसको स्वागत गरेका छन् ।
सरकारी अस्पताल सरह नै सेवा शुल्क रहने तथा उच्चस्तरीय सेवा उपलब्ध गराइने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पहिलो चरणमा १ सय बेडको अस्पताल निर्माणका लागि १ सय करोड खर्चमा निर्माण हुनेछ । यसका लागि ३ वर्षको समयावधि तोकिएको छ । ५ सय बेडका लागि क्रमिक रूपमा निर्माण हुने घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त निर्माण सम्पन्नका लागि करिब थप २ सय करोड खर्च हुने बताइएको छ । सो खर्च विभिन्न सङ्घसंस्था दातृ निकाय स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकारसँग सहयोग आव्हान गर्ने उक्त प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।
उक्त कार्यक्रममा प्रणामी समाजका उपाध्यक्ष तथा हस्पिटल सम्भाव्यता अध्ययन समितिका संयोजक घिमिरेले इटहरीमा सुविधा सम्पन्न हस्पिटल बन्ने कुरामा विश्वस्त रहन आग्रह गरेका छन् । उनले १० करोड लागतमा सम्पन्न भएको कृष्ण प्रणामी मन्दिर निर्माणको उदाहरण दिँदै सबैको सहयोगको अपेक्षा गर्दै इटहरी उपमहानगरपालिकालाई धन्यवाद दिएका छन् ।

hospital itahari 1

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की