दुहबी देखि तरहरा सम्मको सडकमा पर्ने ५ सय भन्दा धेरै घर भत्काईने

  • प्रकाशित मिति: मंसिर २५, २०७७ / सञ्चारलय
alt

लामो समयदेखि विवाद झेल्दै आएको त्रिदेशीय सडक रानी विराटनगर धरान किमाथाङ्का जोड्ने सडकले अब भने तीव्रता पाउने भएको छ । विराटनगरको रानी देखि धरान सम्मको सडकमा घरजग्गा मुआब्जाको विषयले उत्पन्न विवाद समाधान भए सगैं सडक निर्माणले तीव्रता पाउने भएको हो ।
सडक निर्माण कार्य तराईका मुख्य बजारमा रहेका घर संरचनाको लगत कट्टा गरी हटाउने तयारी भइरहेको आयोजना प्रमुख बद्री प्रसाद शर्माले जानकारी दिए । उक्त कार्य करिब माघ महिना भित्रमा सम्पन्न भई सक्ने छ ।
सडक विस्तारका लागि मोरङ जिल्लामा लगत सङ्कलन गरी ठेक्का पट्टाको समेत भइसकेको छ । सुनसरीको दुहबी बुढी खोला देखि तरहरा सम्म करिब ५५० वटा घर संरचना हटाउन बाँकी रहेको आयोजना प्रमुख शर्माले बताए ।

घरहरूको लगत सङ्कलन गर्ने कार्य केही ठाउँको सम्पन्न भइसकेको छ भने केही ठाउँमा लिने कार्य भइरहेको छ । उक्त कार्य पौषको पहिलो हप्ताबाट सुरु गरिने छ । दुहबी बजारमा २३३ घर भत्किने छन् । टेङ्ग्रा पुल छेउ ४७ घर, इटहरी चौक देखि दक्षिण विराटनगर लाइर्नमा ३५ वटा र इटहरी चौक उत्तर तरहरा सम्मको बाटोमा ११९ ओटा घर भत्किने छन् ।

दुहबी बजारमा ६३० मिटर लम्बाइमा सडकको अधिकार क्षेत्रमा १६.४६ मिटर रहेको छ । जग्गाको मुआब्जा दिन नसकिने तर घरहरूको क्षतिपूर्ति दिई सडक विस्तार गर्न सहजीकरण गर्न सम्बन्धितलाई अनुरोध गरिसकेको समेत आयोजनाको भनाई छ । त्यसका लागि लगत उतार्न नापी कार्यालय सुनसरी र दुहबी नगरपालिकालाई पत्राचार समेत गरिसकिएको छ ।
जिल्ला मालपोत कार्यालयका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, सडक विभाग र प्रमुख जिल्ला अधिकारी सहित रहेको क्षतिपूर्ति निर्धारण समितिको पहलमा सडक कार्यमा रहेका संरचनाको मूल्याङ्कन गरी सडक विभागले यातायात मन्त्रालयमा पठाएको र त्यसैको आधारमा सरकारले घरधनीलाई लगत कट्टाबाट पाउने रकम दिइने आयोजना प्रमुख शर्माले बताए ।
इटहरी देखि उत्तर बजार क्षेत्रको सडकको बीचभागबाट २५–२५ मिटर दायाँबायाँ हुने गरी सडक निर्माण लागेकोमा ४० मिटरको मात्रै सडक बनेको छ । बाँकी ५– ५ मिटर फुटपाथ बन्नुपर्नेमा बजार भागमा घर परेको हुनाले लगत कट्टा भएसगैं सो कामले गति पाउने छ ।

आर्थिक वर्ष २०६९/७० देखि सुरु भएको रानी विराटनगर इटहरी धरान ६ लेन सडक खण्डको काम ७ वर्षमा ६५ प्रतिशत सम्पन्न भएको छ । १० वर्षमा सम्पन्न गरिसक्नु पर्ने ४२ किलोमिटर सडक विस्तारका लागि १७ ओटा ठेकेदार कम्पनी कामको सम्झौता गरिएको छ ।

आयोजनाले पहिलो पटक २०७० असार २७ गते विराटनगरको बरगाछी देखि एयरपोर्ट सम्मको डेढ किलोमिटर सडक निर्माणका लागि कन्चनजंगा गीताञ्जली जेभीसगँ २०७७ साउन २४ गते सम्ममा काम सक्नु पर्ने भनी सम्झौता भएको थियो । उक्त अवधि सम्ममा ९० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । समयमा कार्य सम्पन्न नगरेको भन्दै आयोजनाले उक्त कम्पनीलाई १० प्रतिशत क्षतिपूर्ति असुल गर्ने निर्णय समेत गरिसकेको छ । एयरपोर्ट गेट – डिडिसी सम्मको सडक निर्माणको जिम्मा पाएको ढुकुचु कान्छाराम हिमदुङ जेभिसगँ २०७० असार २७ गते नै २०७७ पौष २४ गते सम्ममा काम सक्ने गरि सम्झौता भएको थियो । उक्त अवधी भित्र ९१ प्रतिशत मात्रै सकेपछि सो कम्पनीबाट पनि कारबाही बापत १० प्रतिशत क्षतिपूर्ति असुल गरिसकेको आयोजनाले जनाएको छ । धेरै ठेकेदार कम्पनीले लगातार काम गरिरहेको बताउँदै आयोजना प्रमुख शर्माले तरहरादेखि धरानसम्मको ९.६ किलोमिटर चारकोशे जंगलक्षेत्रमा समेत रुख कटान सम्पन्न भइसकेको बताए । उक्त सडक भने ४ लेनको हुनेछ । २०७७ असार ५ गते रतहा कन्स्ट्रक्सन कम्पनी सँग सम्झौता भएको हो भने २०८० असार ४ गते सम्म काम सम्पन्न भई सक्नु पर्ने छ । ६ लेन सडक आयोजनाको कुल लागत १० अर्बको रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

१७ वर्षीय किशोरीलाई ...

काठमाडौँ । उदयपुरकि १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको ...

रियालिटी शो : ‘कमेडी ...

काठमाण्डौ । रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजबाट प्रशारण हुँदै छ । स्ट्याण् ...

भारतमा सडक दुर्घटना ...

काठमाण्डौ । भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति भएको सडक दुर्घटना हुँदा चार जना ने ...

कोरोना भाइरस खोपको द ...

काठमाडौँ । नेपालमा कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ दे ...

‘लालुमै’ गायक सन्दीप ...

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु&r ...

उर्लाबारीमा ४० जना स ...

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं–५ मा सुत्केरी पोषण कार्यक्रमबाट यस बर्ष ४० जना लाभ लिएक ...