जनता क्याम्पस प्रशासन र कर्मचारीको गम्भीर लापरबाहीले बिसौँ वर्ष देखिको परीक्षा केन्द्र तोडियो

  • प्रकाशित मिति: मंसिर २६, २०७७ / सञ्चारलय
alt

प्रशासन र कर्मचारीको गम्भीर लापरबाहीले इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा हुदैं आएका परीक्षा एक वर्षका लागि अन्य एक निजी क्याम्पसमा सरेको छ । दुई दशक देखि सो क्याम्पसमा हुदैं आएका त्रिभुवन विश्वविद्यालय अन्तर्गत सबै संकायका वार्षिक परीक्षा क्याम्पस प्रशासन, कर्मचारी र परीक्षा केन्द्राध्यक्षको लापरबाहीले अन्य एक निजी कलेजमा परीक्षा हुने भएको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनता क्याम्पसको नाम नै तोकेर सो क्याम्पसमा परीक्षा केन्द्र नराख्ने र केन्द्राध्यक्षलाई पनि सो अवधिमा परीक्षा नियन्त्रण कार्यालयले लिने कुनै पनि परीक्षामा जिम्मेवारी नदिने बताएको छ ।

के कारणले सर्‍यो परीक्षा केन्द्र ?

जनता बहुमुखी क्याम्पसमा दुई दशक भन्दा अगाडी देखि परीक्षा केन्द्र रहँदै आएको छ । २०६० साल सम्म क्याम्पसमा परीक्षा भए पनि कुनै वर्ष बाहिरबाट केन्द्राध्यक्ष आउने त कुनै वर्ष सोही क्याम्पसका क्याम्पस प्रमुख हुँदै आएका थिए । त्यस यता केन्द्र र केन्द्राध्यक्ष सोही क्याम्पसका प्रमुख रहँदै आएका छन् ।

गत वर्ष २०७६ भदौ ३१ गते सञ्चालित स्नातक तह प्रथम वर्ष (बिएड) का दुई उत्तर पुस्तिकालाई क्याम्पसले गलत कार्य गरेको भन्दै रद्द गरेको थियो । सोही दिन बिए प्रथम वर्षको उत्तर पुस्तिकाको प्याकेटमा उक्त रद्द गरिएका दुई उत्तर पुस्तिका परीक्षामा खटिएका कर्मचारी र केन्द्राध्यक्षले मिसाएर पठाएका थिए ।
सो सम्बन्धमा त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको २०७७ असोज ६ गते बसेको बैठकले सो क्याम्पसमा हुदैं आएका परीक्षा एक वर्षका लागि अन्य कलेजमा सारिने, सोही बेला रहेका केन्द्राध्यक्षलाइृ एक वर्ष सम्म परीक्षा फाँटको कुनै पनि जिम्मेवारी नदिने जनाएको छ ।

के भन्छ क्याम्पस प्रशासन ?

क्याम्पस प्रमुख प्राध्यापक डाक्टर गीता अधिकारीले सो बेला खटिएका केन्द्राध्यक्ष तथा कर्मचारीका कारण त्रुटि भएको बताइन् । उनले यस त्रुटिबाट पाठ सिकेको बताउँदै अब यस्तो नहुने बताइन् ।

विद्यार्थीको समस्या नै हाम्रो समस्या हो त्रिविले एक वर्षका लागि कारबाही गरे पनि हामी यसलाई केही समय भित्र नै समाधान गर्ने छौँ । उनले भनिन् ‘विविएस चौथो वर्षको परीक्षा अहिले तोकिएकै क्याम्पसमा हुन्छ अन्य सबै परीक्षा जनता क्याम्पसमै हुन्छन् ।’

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष रिवतीरमण भण्डारीले केही अघिको सानो त्रुटिले परीक्षा केन्द्र अन्त सरेको बताए । यस विषयमा त्रिविसगँ बसेर छलफल भइरहेको छ । विविएस चौथो वर्षको परीक्षा तोकिएकै परीक्षा केन्द्रमा हुन्छ । अन्य सबै परीक्षा सदाको वर्षहरूमा झैँ यस क्याम्पसमा हुन्छ ।, उनले भने ।

अनेरास्ववियूको २४ घण्टे अल्टिमेटम

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जनता बहुमुखी क्याम्पस इकाई कमिटीले एक विज्ञप्ति निकाल्दै २४ घण्टे अल्टिमेटम दिएको छ । क्याम्पस किन कारबाहीमा पर्‍यौ ? यस कार्यको दोषी को हो ? भन्ने विषय बाहिर नआउनुले अझ घटना रहस्यमय बन्दै गएको भन्दै तत्काल सो कार्यको खोजी गरी सार्वजनिक गर्न क्याम्पस प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएको हो ।
परीक्षा केन्द्रको लामो विरासत बोकेको क्याम्पसमा यस्तो खालको कार्यले क्याम्पसको गरिमालाई समेत दाग लागेको बताएको छ । यदि सो समयमा गल्ती गर्ने व्यक्ति सार्वजनिक नगरे अनेरास्ववियू कडा भन्दा कडा आन्दोलनमा जाने समेत संयोजक उज्ज्वल सिग्देल, सहसंयोजक अर्जुन पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

press meet jmc

 

तपाईको प्रतिक्रिया दिनुहोस्

१० लाख डोज भ्याक्सिन ...

काठमाडौं । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिएर भारतबाट नेपालतर्फ उडेको एयर इन् ...

कलंकीको मालपोत कार्य ...

काठमाडौं । कलंकीको मालपोत कार्यालयमा नक्कली जग्गाधनी बनेर ७२ लाख ठगी गरेको आरोपमा मालपोतका २ कर्मचार ...

सर्लाहीमा बस दुर्घटन ...

सर्लाही । सर्लाहीमा बस दुर्घटनाहुदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । ना ५ ख ४४८८ ...

बढ्यो सुनको मूल्य ...

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका ...

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...