अनेरास्ववियूद्धारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

  • प्रकाशित मिति: मंसिर २८, २०७७ / सञ्चारलय
alt

इटहरी: जनता बहुमुखी क्याम्पस अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । त्रिविले जनता क्याम्पसलाई कारबाहीका कारण परीक्षा केन्द्र अन्य क्याम्पसमा सरेको विषयलाई लिएर अनेरास्ववियूले तालाबन्दी गरेको हो ।

क्याम्पस प्रमुख तथा प्रशासनसँगको बैठकमा कर्मचारी र प्रशासनले एक अर्कामा दोष देखाउँदै उक्त कारबाहीबाट पन्छिन खोजेको भन्दै तालाबन्दी गरिएको अनेरास्ववियूका संयोजक उज्ज्वल सिग्देलले जानकारी दिए । उनले भने ‘पठनपाठन तथा प्रशासनिक काममा अवरोध नपुग्ने गरी तालाबन्दी गरिएको छ । चित्त बुझ्दो जवाफ नआए सम्म र कारबाहीको भागिदार बनेका व्यक्तिलाई कारबाही नगरे सम्म ताला खोल्ने वाला छैनौँ ।’

तत्काल उक्त कार्य नगरे जस्तोसुकै आन्दोलनमा उत्रने र त्यसबाट पर्ने क्षतिको जिम्मेवार स्वयम क्याम्पस प्रशासन हुने सङ्गठनको भनाई छ ।

गत वर्ष २०७६ भदौ ३१ गते सञ्चालित स्नातक तह प्रथम वर्ष (बि एड) का दुई उत्तर पुस्तिकालाई क्याम्पसले गलत कार्य गरेको भन्दै रद्द गरेको थियो । सोही दिन बिए प्रथम वर्षको उत्तर पुस्तिकाको प्याकेटमा उक्त रद्द गरिएका दुई उत्तर पुस्तिका परीक्षामा खटिएका कर्मचारी र केन्द्राध्यक्षले मिसाएर पठाएका थिए ।
सो सम्बन्धमा त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको २०७७ असोज ६ गते बसेको बैठकले सो क्याम्पसमा हुदैं आएका परीक्षा एक वर्षका लागि अन्य कलेजमा सारिने, सोही बेला रहेका केन्द्राध्यक्षलाई एक वर्ष सम्म परीक्षा फाँटको कुनै पनि जिम्मेवारी नदिने जनाएको छ ।

यो पनि: जनता क्याम्पस प्रशासन र कर्मचारीको गम्भीर लापरबाहीले बिसौँ वर्ष देखिको परीक्षा केन्द्र तोडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...

घट्यो सुनको मूल्य ...

काठमाडौँ । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

सप्तरीमा एचआईभी संक् ...

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ चनौराकी एचआईभी संक्रमित एक किशोरीको मृत्यु भएको छ। मृत् ...

सोलुखुम्बुमा टिपर दु ...

खोटाङ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिंलाबरडाँडा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास ...

मदन भण्डारी स्पोर्टस ...

मदन भण्डारी स्पोर्टस एकेडेमी इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राष्ट्रिय फुटबल रेफ्री सुविन कार्की, स ...