लिबरल सोसाइटी क्लबले इटहरी २० तरहरामा रहेको बहुभाषी विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आइतबार एक कार्यक्रम गरी स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
क्लबका सल्लाकार सुरेश गुरुङका अनुसार क्लबले विद्यालयमा १०० थान फेस फिल्ड,५०० थान फेस मास्क, ५ लिटर स्यानिटाइजर र १ थान ज्वरो नाप्ने थर्मो गन हस्तान्तरण गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उद्योग वाणिज्य सङ्घ अध्यक्ष भीम पौडेलले लिबरल सोसाइटीले विगतका गरेका सामाजिक कामको खुलेर प्रशंसा गर्दै बहुभाषिक स्कुललाई कक्षा कोठा निर्माणका लागी ५ लाख सहयोग प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि युवा समाजसेवी विकास केसीले कार्यक्रमको प्रशंसा गर्दै लिबरल सोसाइटीले सरकारले गर्नु पर्ने कार्य स्थापना काल देखी नै गर्दै आएको आगामी दिन हरुमा पनि क्लबबाट अझै राम्रा कामहरू को अपेक्षा राखेको बताए । कार्यक्रमलाई समापन गर्दै लिबरल सोसाइटीका अध्यक्ष सुबेक्छु देवान राईले लिबरल सोसाइटी स्थापना हुनुको उद्देश्य र लिबरलले गर्ने कार्य हरुको बारेमा सबैलाई प्रस्टाएका थिए । राईले लिबरल सोसाइटी अरू क्लब भन्दा फरक र पृथक् कार्य गर्न रुचाउने क्लब भएको र समाजमा आउने हरेक चुनौतीमा आफूहरू चट्टान सरि उभिने बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस्