उनले हालै जारी अध्यादेश बारे धारण राख्दै आफ्नो फेसबुक वालमा यस्तो लेखेकी छिन 'राष्ट्र प्रमुख कुनै पनि देशको शान, इजत, गरीमा, समपूर्ण जनता र देशको को प्रतिनिधित्व गर्ने संस्था हो । तर विडम्बना हाम्रो राष्ट्रपति कुनै एउटा दलको त कुरै छाडौँ ,दल भित्रको पनि एउटा सानो समूहको रबर मस्टाको रूपमा प्रयोग भएको देख्दा साचिकै दया लागेर आयो ।
एउटा महिला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति भएको बेला म जति खुसी थिए आज त्यो भन्दा धेरै नै दुःखका साथ भन्नु पर्दछ लज्जित महसुस भइरहेको छ । एउटा कुमारी छोरी आफ्नो बुवा आमाको नियन्त्रण भित्र रहन्छन्, बिहे पछि श्रीमानको नियन्त्रणमा आफ्ना समपूर्ण इच्छा आकाङ्क्षा लाई देखावटी समाजको लागि बलिदान गर्दछन् ।
तर समाज बदल्ने कसम खाएर समानताको लामो सङ्घर्ष बाट राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेका भण्डारी एउटा नामर्द तानासाही प्रवृत्ति बाट ओतप्रोत शासक केपी शर्मा ओलीको कठपुतली भएको देख्दा बिचरा भन्नु बाहेक अरू केही भन्न सकिएन ।"
तपाईको प्रतिक्रिया दिनुहोस्