धर्नामा बसेका उखु किसानका माग तत्काल सम्बोधन गर्न अनेरास्ववियूको माग

  • प्रकाशित मिति: पुस ३, २०७७ / सञ्चारलय
alt

इटहरी: लामो समय देखि उखुको मूल्य नपाएपछि काठमाडौँमा धर्नामा बसेका उखु किसानलाई तत्काल रकम दिलाउन सत्तारुढ दल नेकपाको विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन ९अनेरास्ववियू० ले माग गरेको छ । लामो समयदेखि धर्नामा बसेका उखु किसानहरूको आन्दोलनलाई समर्थन गर्दै अनेरास्ववियूले ऐक्यबद्धता जनाएको हो ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “अनेक दुःख र कष्ट झेलेर उत्पादन गरी विक्री गरेको उखुको मूल्य नपाएर बिचल्लीमा परेका उखु किसानहरूद्वारा काठमाडौँको माइतीघरमा सञ्चालित न्यायपूर्ण आन्दोलनमा हाम्रो सङ्गठन अनेरास्ववियू पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दछ ।”

“वर्षेनी करोडौँको चिनी आयात गर्ने देशले उखु किसानहरूलाई संरक्षण, प्रोत्साहन र प्रवर्द्धन गर्नुको साटो उल्टो आफूले विक्री गरेको उखुको मूल्य समेत नपाए र उखु किसानहरू सडक सङ्घर्षमा उत्रिनुपर्ने स्थिति अत्यन्तै खेदजनक भएको बताएको छ ।”
साथै मङ्सिर-पुसको कठाङ्ग्रिँदो जाडोमा टाढादेखि काठमाडौँ आएर लगातारको सडक आन्दोलनमा उत्रिनु उखु किसानहरूको कुनै रहर हैन । मिल मालिकबाट वर्षौँदेखि पैसा नपाएका उखु किसानहरू गत वर्ष आन्दोलनमा उत्रिए पछि सरकारसँग सहमति भएको थियो ।
मङ्सिर पुसको कठाङ्ग्रिँदो जाडोमा टाढादेखि काठमाडौँ आएर लगातारको सडक आन्दोलनमा उत्रिनु उखु किसानहरूको कुनै रहर हैन । तर यतिका दिन बितिसक्दा पनि सरकारले अझै ठोस, सार्थक र परिणाममुखी वार्ता र समाधान निकाल्ने प्रयत्न गरेको देखिँदैन । यसर्थ उखु किसानहरूको सम्पूर्ण मागहरू तत्काल पूरा गर्न , गराउन र उखुको भुक्तानीसम्बन्धी समस्याको दीर्घकालीन समाधान खोज्न नेपाल सरकार र अन्य सम्बद्ध निकायलाई जोडदार माग गर्दछौँ, विज्ञप्तिमा उल्लेख छ ।

press 12

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...

घट्यो सुनको मूल्य ...

काठमाडौँ । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

सप्तरीमा एचआईभी संक् ...

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ चनौराकी एचआईभी संक्रमित एक किशोरीको मृत्यु भएको छ। मृत् ...

सोलुखुम्बुमा टिपर दु ...

खोटाङ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिंलाबरडाँडा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास ...

मदन भण्डारी स्पोर्टस ...

मदन भण्डारी स्पोर्टस एकेडेमी इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राष्ट्रिय फुटबल रेफ्री सुविन कार्की, स ...