काठमाडौं । सौर्य मण्डलका सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि सोमबार राति आपसमा नजिक हुँदैछन् ।
खगोलविद्हरुका अनुसार वृहस्पति र शनि ग्रहबीचको यस्तो प्रक्रिया हरेक २० वर्षको अन्तरालमा हुन्छ। तर, रातिको समयमा नजिक भएर अवलोकन गर्न सकिने अवस्था आठ सय वर्षपछि मात्र आउन लागेको हो।
बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका अनुसार धेरै वर्षपछि नजिक देखिनु दुर्लभ घटना हो ।
यो दृश्य नेपालका सबै ठाउँबाट खाली आँखाले अवलोकन गर्न सकिन्छ । शनि र वृहस्पति बिहान ९ बजेअघि उदाउने र साँझ साढे ७ बजे अस्ताउने छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्