मोरङ । मोरङको एक विद्यालयमा विद्यार्थीलाई उच्च ज्वरो आएपछि विद्यालय बन्द गरिएको छ ।मोरङको रंगेली नगरपालिका–४ आमतोलास्थित जनता माध्यमिक विद्यालयमा ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द गरिएको हो ।
विद्यालयका कक्षा १ देखि ६ सम्मका ५५ जना विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा विद्यालय बन्द गरिएको विद्यालयका शिक्षकले जानकारि दिए ।
८ देखि १२ वर्षसम्मका बालबालिकालाई १ सय डिग्रीभन्दा बढी ज्वरो आएको विद्यालयका शिक्षकले बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्