भाटभटेनी विवाद अख्तियारमा पुगेपछि इटहरी उप-महानगरका बरिष्ठ इन्जिनियरले दिए राजिनामा

  • प्रकाशित मिति: पुस १९, २०७६ / सञ्चारलय
alt

इटहरी / इटहरी १६ मा हाल निर्माणाधिन भाटभटेनी सुपरमार्केट प्रा.लिको ब्यापारिक भवन निर्माणको इजात दिदा इटहरी उपमहानगरपालिकाले कानुन बिपरित काम गरेको पाइएको छ । कानुन मिचेर इजाजत दिए पछि भाटभटेनी विवादित बनेको हो ।

इटहरी उप-महानगरको भवन ऐन २०७५ को दफा २४ को उप दफा ३ अनुसार ‘भवनको प्लिन्थ एरियाको क्षेत्रफल ५००० बर्गफिट र तीन तलाभन्दा बढी भएमा, स्वास्थ्य वा शैक्षिक संस्था वा कम्प्लेक्स वा पूर्ण व्यापारिक भवन भएमा अनिवार्य रूपमा निरीक्षण एवं प्राविधिक समितिको सिफारिसमा नक्सापास हुनेछ’ भन्‍ने उल्लेख छ ।

उपमेयर संयोजक रहने उक्त निरीक्षण समितिमा प्रमुख प्रशासकीय अधिकृतसँगै स्ट्रक्चर इन्जिनियरसमेत हुन्छन् । समितिको संयोजक तथा उपप्रमुख लक्ष्मी गौतमलाई नै भाटभटेनीले भवन बनाउन नक्सापास गरेको या नगरेको बारे जानकारी थिएन । भाटभटेनीलाई स्थानीय तहको निर्माण ऐनलाई नै मिचेर निर्माणको इजाजत्दिएकोप्रती उपमेयरले गम्भीर असन्तुष्टि ब्यक्त गरेकी थिइन ।

कानुन बिपरित काम भएको थाहा पाएसगै भाटभटेनिको फाइल उपमेयरले आफ्नो नियन्त्रणमा लिएकिथिन । इजाजत दिँदा सम्बन्धित १६ नम्बर वडाका अध्यक्षलाई संयोजक बनाएर भाटभटेनीलाई इजाजत दिएको भेटिएको छ । तर, भवन निर्माण सम्बन्धी ऐनले भने उप प्रमुख बाहेक अन्यले सो समितिको संयोजक बन्‍न पाउने प्रावधान नै राखेको छैन । नियम विपरित भएको बैठकमा उप-महानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुन दाहाल, १६ नम्बर वडाध्यक्ष दीपनारायण चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बिका कुमारी शाहको हस्ताक्षर छ ।

कानुनमै नभएको प्रावधान अनुसार नक्सा पास भएको भन्दै इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयमा समेत उजुरी परेको छ । भवन संहिता र इटहरी भवन ऐन २०७५ विपरीत नक्सापास भएको भन्दै कारबाहीको लागि उजुरी परेको हो । अख्यियारमा बेनामे उजुरी परेपछी उप-महानगरमा हङ्गामा मच्चियो । उजिरी परेको थाहा पाए लगत्तै राती वरिष्ठ इन्जिनयर दाहालले उपमेयरलाइ आफुबिरुद्ध लागेको भन्दै फोन गरेर धम्क्याएको स्रोतले बतायो ।

उपमेयर उपचारका लागि भारत गएको बेला वरिष्ठ इन्जिनयरको अग्रसरतामा ऐन बिपरित बैठक बोलाइ निर्णय गरी भाटभटेनी निर्माणको इजाजत दिएको पाइएको छ । यस बिषयमा बिबाद चुलिदै गएपछी २२ बर्षदेखी जागिर खादै आएका इन्जिनयरले राजिनामा बुझाएका छन । नगरपालिका बनेदेखि पुर्व एमालेको सिफारिसमा जागिर खाएका इन्जिनियर इटहरी उपमहानगरको हर्ताकर्ता रहदै आएका थिए । सबै राजनितिक दलका नेतृत्व रिझाउन माहिर उनको राजिनामाले उप-महानगरमा तरङ्ग ल्याएको छ ।राजिनामा दिए पनि अख्तियारमा परेको उजुरीमाथी छानबिन हुने स्रोतले बताएकोछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...