नेपाली मौलिक खाना पाइने ‘चुलो रेस्टुरेन्ट’ अब इटहरीमा

  • प्रकाशित मिति: पुस १०, २०७७ / सञ्चारलय
alt

इटहरी: इटहरीमा नेपाली मौलिक खाना पाइने चुलो रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।

आरटिआरक होटेल स्कुलले सो रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो । होटेल म्यानेजमेन्ट सम्बन्धी तालिम र कक्षाहरू सञ्चालन गर्दै आएको आरटिआरके आफ्नै भवनमा चुलो रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । रेस्टुरेन्ट सञ्चालनको अवसरमा १५ दिनसम्मको फुड टेस्ट फेस्टिभल समेत आयोजना गरेको छ ।

आरटिआरके होटेल स्कुलले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी चुलो रेस्टुरेन्ट सञ्चालनमा आएको अवसरमा १५ दिनको फुड फेस्टिभल समेत आयोजना गरेको जानकारी दिइएको छ । नेपाली मौलिक खानाहरूको प्रवद्र्धन गर्ने र पर्यटनमा टेवा पुराउने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा आएको जानइएको छ ।

रेस्टुरेन्टमा १०१ दिनसम्म नेपाल भ्रमण गरी खानाकै विषयमा खोज, अनुसन्धान गरेका सेफ प्रमेलाल घिसिङले फुड फेस्टिभल र रेस्टुरेन्टमा खाना तयार पर्ने छन् ।

रेस्टुरेन्ट सञ्चालन गरेको अवसरमा शुक्रबार देखि आयोजना गरिएको फुड टेस्ट फेस्टिभल अवधिभरि १५ प्रतिशत छुट समेत दिइएको जनाइएको छ । आरटिआरके होटेल स्कुलले यसै वर्षदेखि होटेल व्यवस्थापनका १८ महिने डिप्लोमा कोर्सहरू सञ्चालनको तयारी गरेको छ । स्कुलले शिक्षा, सीपका साथै संस्कारसमेत बिद्यार्थीहरुलाई सिकाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

rtrk_chulo

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...

घट्यो सुनको मूल्य ...

काठमाडौँ । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

सप्तरीमा एचआईभी संक् ...

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ चनौराकी एचआईभी संक्रमित एक किशोरीको मृत्यु भएको छ। मृत् ...

सोलुखुम्बुमा टिपर दु ...

खोटाङ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिंलाबरडाँडा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास ...

मदन भण्डारी स्पोर्टस ...

मदन भण्डारी स्पोर्टस एकेडेमी इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राष्ट्रिय फुटबल रेफ्री सुविन कार्की, स ...