मोरङमा जीपको ठक्करबाट दुई जनाको मृत्यु

  • प्रकाशित मिति: पुस १४, २०७७ / सञ्चारलय
alt

विराटनगर । मोरङको पथरीशनिश्चरे –२ स्थित हरियाली सामुदायिक वन अगाडि जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय सन्तोष लिम्बू र पछाडि सवार २२ वर्षीय सुनिल विकको मृत्यु भएको हो ।

पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले विपरीत दिशातर्फ जाँदै गरेको मे ११ प ८२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी मोटरसाइकल चालक ३५ वर्षीय सन्तोष लिम्बूको घटनास्थलमै मृत्यु भएको र पछाडि सवार २२ वर्षीय सुनिल विक गम्भीर घाइते भएका थिए ।घाइते भएका विकको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलमा आगलागी भएको छ । दुर्घटना लगत्तै सडकमा बजारिएको मोटरसाइकलको ट्यांकी लिक गएर पेट्रोल बाहिर निस्किएपछि आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

तत्काल आगो निभाउन नसक्दा आगोले जलेर मोटरसाइकलमा पूर्ण रुपमा क्षति पुगेको प्रहरीले बताएको छ ।

दुर्घटनापछि स्कारपियो र चालक झापा दमक–२ का ३७ वर्षीय लक्ष्मीकुमार धिमाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रदेश १ ट्राफिक प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...

घट्यो सुनको मूल्य ...

काठमाडौँ । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

सप्तरीमा एचआईभी संक् ...

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ चनौराकी एचआईभी संक्रमित एक किशोरीको मृत्यु भएको छ। मृत् ...

सोलुखुम्बुमा टिपर दु ...

खोटाङ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिंलाबरडाँडा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास ...

मदन भण्डारी स्पोर्टस ...

मदन भण्डारी स्पोर्टस एकेडेमी इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राष्ट्रिय फुटबल रेफ्री सुविन कार्की, स ...