काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १२, गुर्जुधारामा टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको गल्छी घर भएर थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभाष गमालको मृत्यु भएको हो ।
गएराति १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुवै जनाको घटनास्थलमै ज्यान गएको हो ।
ठक्कर दिने टिप्पर चालक रामचन्द्र थापालाई पक्राउ गरी घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्