काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहिबार) बिहान काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ८ डिग्री सेन्टिग्रेटमा झरेको हो।
काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।
देशभरमा सबैभन्दा कम तापक्रम जुम्लाको रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ डिग्रि सेन्टिग्रेटमा झरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो । काठमाडौँ उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस्