काठमाडौं । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यैरी’ जस्ता सफल गीतका गायक आशिष सचिनको नयाँ गीत सार्वजनिक भएको छ ।
सार्वजनिक ‘ए मुना’ बोलको गीतमा आशिषसँगै प्रविशा अधिकारीको पनि स्वर सुन्न सकिन्छ । स्याड भर्जनमा तयार भएको यस गीतमा सन्तोष सुनारको शब्द तथा संगीतमा रहेको छ ।
गीतको भिडियोमा गायक आशिष सचिन र सम्पदा बानियाको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेम र विछोडको पीडालाई देखाइएको छ ।
मनोज बस्नेतको कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीले गरेका छन् ।
भिडियो:
तपाईको प्रतिक्रिया दिनुहोस्