मोरङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • प्रकाशित मिति: पुस १९, २०७७ / सञ्चारलय
alt

विराटनगर । मोरङको उर्लाबारी–४ मा बसको ठक्करबाट  एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाइकल चालक झापाको दमक नगरपालिका–४ का ३२ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको हो ।

झापाको काँकडभिट्टाबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ६२७८ नम्बरको सुम्निमा ट्राभल्सको यात्रुबहाक बसले विपरीत दिशातर्फ जाँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको दमक नगरपालिका–४ का ३२ वर्षीय प्रदीप कार्की गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा साँझ ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार मोटरसाइकलको पछाडि सवार दमक–४ का २७ वर्षीय उत्तम कटुवाल दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्। अरनिको अस्पतालमा उपचार हुन नसकेपछि कटुवाललाई थप उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएको छ।

दुर्घटना गराउने सुम्निमा ट्राभल्सको बस र चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ४७ वर्षीय पुलकित राजधामीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर बसको आगडिको भाग र मोटरसाइकलमा पनि क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

१० लाख डोज भ्याक्सिन ...

काठमाडौं । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिएर भारतबाट नेपालतर्फ उडेको एयर इन् ...

कलंकीको मालपोत कार्य ...

काठमाडौं । कलंकीको मालपोत कार्यालयमा नक्कली जग्गाधनी बनेर ७२ लाख ठगी गरेको आरोपमा मालपोतका २ कर्मचार ...

सर्लाहीमा बस दुर्घटन ...

सर्लाही । सर्लाहीमा बस दुर्घटनाहुदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । ना ५ ख ४४८८ ...

बढ्यो सुनको मूल्य ...

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका ...

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...