१०६ रनले प्रदेश नम्बर १ ले दियो लक्ष्य

  • प्रकाशित मिति: पुस १९, २०७७ / सञ्चारलय
alt

काठमाडौं । प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रदेश नम्बर १ ले एपिएफलाई १०६ रनको लक्ष्य दिएको छ। दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा प्रदेश १ ले टस जितेर ब्याटिङ रोजेको खेलमा पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १०५ रन बनाएको हो।

जसमा अप्सरी बेगमले ४५ बलमा ३४ रन साथै रुबिना क्षेत्रीले ३२ बलमा १८ रन बनाए। काजल श्रेष्ठले २६ बलमा अविजित २९ रन बनाइन्। एपिएफका लागि सीता राना मगरले तीन साथै करुणा भण्डारीले एक विकेट लिइन्।

शनिबार भएको सेमिफाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको थियो। प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले हराएको थियो। ६ टिम सहभागी प्रतियोगितामा गण्डकी प्रदेश र कर्णाली प्रदेश एक खेल नजिति बाहिरिएका थिए भने वागमती प्रदेश र प्रदेश नम्बर २ ले एक–एक खेल जितेका थिए।

वागमती र गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन्। यसअघि नै समूह ‘ए’ बाट एपिएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगिसकेका छन् भने प्रदेश नम्बर २ र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

१० लाख डोज भ्याक्सिन ...

काठमाडौं । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिएर भारतबाट नेपालतर्फ उडेको एयर इन् ...

कलंकीको मालपोत कार्य ...

काठमाडौं । कलंकीको मालपोत कार्यालयमा नक्कली जग्गाधनी बनेर ७२ लाख ठगी गरेको आरोपमा मालपोतका २ कर्मचार ...

सर्लाहीमा बस दुर्घटन ...

सर्लाही । सर्लाहीमा बस दुर्घटनाहुदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । ना ५ ख ४४८८ ...

बढ्यो सुनको मूल्य ...

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका ...

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...