इंग्लिस प्रिमियर लिगमा ४ गोलले आर्सनलको फराकिलो जित

  • प्रकाशित मिति: पुस २०, २०७७ / सञ्चारलय
alt

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले ४ गोलल सहज जित गरेको छ । आर्सनलले नयाँ वर्ष २०२१ को पहिलो खेलमा वेस्ट ब्रुमविरुद्ध ४–० गोल अन्तरको फराकिलो जित निकालेको हो ।

प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको लिगको १७औं खेलमा आर्सनलले खराब स्थिति सुधार गर्दै लिगमा लगातार तेस्रो जित निकाल्यो । आर्सनलले यसअघिका दुई खेलमा पनि स्पष्ट जित निकालेको थियो ।

पछिल्ला तीन खेल जित्नुअघि आर्सनल लिगका सात खेलसम्म जितविहीन रहेको थियो । तर, अब लगातार तीन जितले आर्सनललाई लयमा उभ्याएको छ । आर्सनलको जितमा एलेक्सान्ड्रे लाकाजेटले दुई गोल योगदान गरे । पहिलो गोल खेलको २३औं मिनेटमा कियरान टिर्नेले गरेका थिए ।

त्यसपछि बुकायो शाकाले गोल गरेपछि आर्सनल पहिलो हाफसम्म दुई गोलले अघि रह्यो । दोस्रो हाफमा लाकाजेटले ५ मिनेटको बीचमा दुई गोल गरेपछि आर्सनल सहज जिततर्फ अघि बढेको थियो । उनले पहिलो गोल ६०औं मिनेटमा गरे भने दोस्रो गोल ६४औं मिनेटमा गरेका थिए ।

यो जितपछि आर्सनलको १७ खेलबाट २३ अंक पुगेको छ । यता, पराजित वेस्ट ब्रुमको भने १७ खेलपछि ८ अंक मात्रै रहेको छ ।त्यस्तै, शनिबारै भएका अन्य खेलमा क्रिस्टल प्यालेसले शेफिल्ड युनाइटेडलाई २–० ले हराउ“दा ब्राइटन र उल्भ्सले ३–३ गोलको बराबरी खेल्दै समान अंक बाँडे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

१० लाख डोज भ्याक्सिन ...

काठमाडौं । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिएर भारतबाट नेपालतर्फ उडेको एयर इन् ...

कलंकीको मालपोत कार्य ...

काठमाडौं । कलंकीको मालपोत कार्यालयमा नक्कली जग्गाधनी बनेर ७२ लाख ठगी गरेको आरोपमा मालपोतका २ कर्मचार ...

सर्लाहीमा बस दुर्घटन ...

सर्लाही । सर्लाहीमा बस दुर्घटनाहुदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । ना ५ ख ४४८८ ...

बढ्यो सुनको मूल्य ...

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका ...

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...