काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जिया प्रान्तका शीर्ष चुनाव अधिकारीलाई आफूलाई जिताउन लायक भोटको बन्दोबस्त गरिदिन आग्रह गरेको खुलासा भएको छ ।
उनको एक फोन रेकर्डिङ वासिङ्टन पोस्टले जारी गरेको हो । जसमा राष्ट्रपति ट्रम्प रिपब्लिकन सेक्रेट्री अफ स्टेट ब्रेड रेफनस्पर्जरसँग भनिरहेका छन्, ‘म ११,७८० भोट मात्रै खोज्न चाहन्छु ।’
यस्तै रेफनस्पर्जरले ट्रम्पलाई जर्जियाको नतिजा सही भएको बताइरहेका छन् ।
डेमोक्रेट उम्मेद्वारा जो बाइडेनले राष्ट्रपति चुनावमा जर्जिया प्रान्तमा जीत हाँसिल गरेका थिए । उनले कूल ३०६ इलेक्टोरल भोट जितेका थिए जबकी ट्रम्पले २३२ भोट पाएका थिए ।
मतदानलगत्तै राष्ट्रपति ट्रम्पले चुनावमा अत्यधिक मात्रामा धोका भएको आरोप लगाइरहेका छन् । यद्यपि, उनले यसका लागि कुनै प्रमाण भने पेश गरेका छैनन् ।
अमेरिकाका सबै ५० प्रान्तले अब चुनावी नतिजा प्रमाणित गरिदिएका छन् । केही प्रान्तमा पुनः गन्ती र अपिलपछि यस्तो गरिएको हो ।
अमेरिकाको अदालतले अहिलेसम्म जो बाइडेनको जीतविरुद्ध दर्ता गरिएको ६० याचिका रद्द गरिसकेको छ ।
अमेरिकी कांग्रेसले ६ जनवरीमा चुनाव नतिजा स्विकार गर्नेछ । जोन बाइडेन २० जनवरीमा अमेरिकाका राष्ट्रपति पदको शपथ ग्रहण गर्नेछन् ।
यस्तै जर्जियामा सिनेटका दुई सिटका लागि मंगलबार मतदान हुनेछ । यो सिटको नतिजा राज्यमा सत्ता सन्तुलनलाई प्रभावित गर्नसक्छ ।
यदि डेमोक्रेट पार्टीका दुबै उम्मेद्वारले जितेको खण्डमा सिनेटमा रिपब्लिकन र डेमोक्रेट दुबै पार्टीका बराबर प्रतिनिधि हुनेछन् र तब निर्णायक भोट उप–राष्ट्रपति चुनिएकी कमला ह्यारिससँग हुनेछ ।
यस्तै कांग्रेसको तल्लो सदनमा पहिलेदेखि नै डेमोक्रेट पार्टीको बहुमत छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्