हुम्लामा भारी हिमपात

  • प्रकाशित मिति: पुस २०, २०७७ / सञ्चारलय
alt

हुम्ला । हुम्लामा आइतबार अपराह्नबाट भारी हिमपात भएको छ । हिउँ पर्न थालेपछि यहाँको जनजीवन कष्टकर भएको छ ।

हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः बस्तीमा चार फिट भन्दा बढी हिउँ जमेको छ । अहिले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८.० डिग्रीमा झरेको छ ।

him1

जुम्लाका किसान खुशी

जुम्लामा आज बिहान ३ बजेदेखि हिमपात भएको छ । सदरमुकाम खलङ्गालगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात हुँदा जनजीवन कष्टकर भएको स्थानीयवासी सुनिता पाण्डेले बताइन् ।

हिमपात भएसँगै चिसोबढेपछि गाउँघरबाट सदरमुकाम अध्ययन गर्न आएका विद्यार्थीलाई आवतजावतमा कठिनाइ भएको तिला गाउँपालिका–१ राराबाट एसइईको तयारी गरिरहेका विद्यार्थी नमराज रावतले बताए ।

him2

यस वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । बिगतमा मङ्सिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात भएको छ ।

हिमपातपछि गहुँ, जौँ र अन्य हिउँदे बालीदेखि स्याउका बिरुवा सप्रिने किसान हरिप्रसाद रोकायाले बताए । हिमपातपछि जुम्लाको तापक्रम माइनसममा झरेको छ ।

him3

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...

घट्यो सुनको मूल्य ...

काठमाडौँ । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

सप्तरीमा एचआईभी संक् ...

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ चनौराकी एचआईभी संक्रमित एक किशोरीको मृत्यु भएको छ। मृत् ...

सोलुखुम्बुमा टिपर दु ...

खोटाङ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिंलाबरडाँडा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास ...

मदन भण्डारी स्पोर्टस ...

मदन भण्डारी स्पोर्टस एकेडेमी इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राष्ट्रिय फुटबल रेफ्री सुविन कार्की, स ...