काठमाडौं । गायिका इन्दिरा जोशीको नयाँ गीत ‘बेग हानी गाको’ सार्वजनिक भएको छ ।
शब्द र संगीत श्रीकृष्ण बम मल्लको रहेको गीतको भिडियोमा स्वयम्ले अभिनय गरेकी छन् । अभिनयमा उनलाई कर्माको साथ रहेको छ ।
अन्तरजातीय प्रेम कथामा आधारित भिडियोमा गाउँको परिवेशलाई देखाइएको छ । गीतको भिडियोमा माला र कुमारको प्रेम कथालाई देखाइएको छ ।
भिडियोमा कविता आले, बिनोद भट्टराई र मिश्री थापाको पनि अभिनय रहेको छ । शिवराम श्रेष्ठको छायाँकन , लोकेश बज्राचार्यको सम्पादन रहेको भिडियो एलीन श्रेष्ठले निर्देशन गरेका हुन् ।
भिडियो :
तपाईको प्रतिक्रिया दिनुहोस्