अनेरास्ववियू जनता बहुमुखी क्याम्पस कमिटीद्वारा संसद विघटन विरुद्ध र्‍याली प्रदर्शन

  • प्रकाशित मिति: पुस २४, २०७७ / सञ्चारलय
alt

 
सुनसरी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू ) जनता बहुमुखी क्याम्पस कमिटीले इटहरीमा संसद विघटनविरुद्ध र्‍याली निकालेको छ । अनेरास्ववियू  जनता बहुमुखी क्याम्पस कमिटीले आज (शुक्रवार) बिहान क्याम्पस प्राङ्गणदेखि क्याम्पस प्रवेश गर्ने सडकसम्म र्‍याली निकालेको हो । 
 
उनीहरूले पार्टी एकताको माग गर्दै असंवैधानिक रूपमा भएको संसद विघटन खारेज हुनुपर्ने माग राखेका थिए । र्यालीमा ‘पार्टी एकता जिन्दावाद’, ‘सरकारको असंवैधानिक कदम खारोज गर’ लगायतका नारा लगाइएको थियो । 
 
गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।सरकारको यस कदमलाई असंवैधानिक भन्दै विभिन्न शीर्ष दलहरूले विरोध गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले पनि दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरू गरिरहेको छ । आज नेकपाले देशभरका ७७ वटै जिल्लाबाट विरोध पत्र जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । 
 
त्यसै गरी अनेरास्ववियूले पनि सरकारको यस कदमको विरोध गर्दै विभिन्न कार्यक्रमहरू गरिरहेको छ । अनेरास्ववियू सुनसरी जिल्ला कमिटीले पनि आज प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गर्दै विरोध पत्र बुझाएको छ । यसै क्रममा सुनसरीको जनता बहुमुखी क्याम्पसबाट अनेरास्ववियूका विद्यार्थीहरूले र्‍याली निकालेर  संसद विघटनको विरोध गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

१० लाख डोज भ्याक्सिन ...

काठमाडौं । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिएर भारतबाट नेपालतर्फ उडेको एयर इन् ...

कलंकीको मालपोत कार्य ...

काठमाडौं । कलंकीको मालपोत कार्यालयमा नक्कली जग्गाधनी बनेर ७२ लाख ठगी गरेको आरोपमा मालपोतका २ कर्मचार ...

सर्लाहीमा बस दुर्घटन ...

सर्लाही । सर्लाहीमा बस दुर्घटनाहुदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । ना ५ ख ४४८८ ...

बढ्यो सुनको मूल्य ...

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका ...

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...