लेटाङमा अखिल नेपाल महिला संघको नगर स्तरीय भेला सम्पन्न

  • प्रकाशित मिति: पुस २५, २०७७ / सञ्चारलय
alt

मोरङको लेटाङ नगरपालिकामा नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । लेटाङ ४ स्थित जनसेवा सामुदायिक वनको सभाहलमा अखिल नेपाल महिला संघकी केन्द्रीय सचिवालय सदस्य गंगा डाँगीको प्रमुख आतिथ्यता तथा अनेम संघ लेटाङ नगर कमिटी अध्यक्ष तथा नगर उपप्रमुख कृष्णकुमारी निरौलाको अध्यक्षतामा नगर भेला सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी गंगा डाँगीले बाध्यात्मक परिस्थितीले गर्दा जनतामा जाने निर्णय गरिएको भन्दै अब जनताले नै सबै कुराको फैसला गर्ने बताइन् । उनले पार्टीको मूल प्रवाहमा आउन आम महिला तथा सबै कार्यकर्ताहरुलाई आह्वान समेत गरिन्। यस्तै नेकपा मोरङ जिल्ला कमिटी सचिवालय सदस्य तथा लेटाङ नगर इञ्चार्ज भूपेन्द्र लावतीले केपी ओली नेतृत्वको सरकारले विकासको गति अघि बढाएको भन्दै देश विकसका लागि ओलीको नेतृत्वमा गोलबद्ध हुन सबैलाई आग्रह गरे । उनले पदको लोभमा परेर आफ्नै पार्टीको सरकार ढाल्नेहरुको पछि लागेर देश विकास नहुने भन्दै केपी ओली नेतृत्वको नेकपा नै मुलधार भएको दावी समेत गरे। कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य तथा नगर सचिव डिल्ली विश्वकर्मा, प्रदेश कमिटी सल्लाहकार दहशेर राई, जिल्ला कमिटी सदस्य शेरमान तामाङ, उर्लाबारी नगर उपप्रमुख लक्ष्मी भण्डारी, पथरी नगर उपप्रमुख यमुना वास्तोला, रतुवामाई नगरपालिका उपप्रमुख दयन्तदेवी चुडाल लगायतको उपस्थिति रहेको थियो ।

भेलामा लेटाङ नगरका ९ वटै वडाबाट ठूलो संख्यामा महिलाहरुको सहभागिता रहेको थियो । भेलाबाट कृष्णकुमारी निरौलाको संयोजकत्वमा १ सय १ सदस्यीय नगर सम्मेलन आयोजक समिति समेत चयन गरिएको छ ।

letang news 3 letant news 2

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...

घट्यो सुनको मूल्य ...

काठमाडौँ । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...

सप्तरीमा एचआईभी संक् ...

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ चनौराकी एचआईभी संक्रमित एक किशोरीको मृत्यु भएको छ। मृत् ...

सोलुखुम्बुमा टिपर दु ...

खोटाङ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिंलाबरडाँडा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास ...

मदन भण्डारी स्पोर्टस ...

मदन भण्डारी स्पोर्टस एकेडेमी इटहरी उपमहानगर कमिटिको अध्यक्षमा राष्ट्रिय फुटबल रेफ्री सुविन कार्की, स ...