विराटनगर । झापाबाट विराटनगर आउनका लागि बस चढेका युवक मृत भेटिएका छन् ।आज (आइतबार)बिहान केरखाबाट बस चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन् ।
२६ वर्षीय युवक १ ख ३३३३ नम्बरको जनसेवा यातायात बसमा चढेका थिए ।विराटनगर बसपार्कमा सबै यात्रु ओर्लिएपछि उनी नओर्लिएपछि बसका कर्मचारीले हेर्दा मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।
मृत भेटिएका युवक उपचारका लागि विराटनगर आउँदै गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।
राईका अनुसार युवक मिर्गौला रोगी हुन् । उनी उपचारका लागि विराटनगरको नेशनल किड्नी सेन्टरमा आएका थिए । बसभित्रै मृत भेटिएका युवकको साथमा रहेको मोबाइलबाट प्रहरीले आफन्तलाई खबर गरेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस्