अनेरास्ववियू सुनसरी जिल्ला कमिटीले गर्‍यो इटहरीमा बयलगाडा प्रदर्शन

  • प्रकाशित मिति: पुस २६, २०७७ / सञ्चारलय
alt

अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सुनसरी ‘प्रचण्ड नेपाल समूह’ ले इटहरीमा बयलगाडा प्रदर्शन गरेको छ । अनेरास्ववियूको केन्द्रीय सर्कुलर अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले दिएको मतलाई लात हानी असंवैधानिक तथा अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरेको भन्दै बयलगाडा प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री ओलीले नै नेपालमा जनआन्दोलनबाट गणतन्त्र आउनु भनेको ‘बयलगाडामा चढेर अमेरिका जानु जस्तै हो’ भन्ने गरै जिम्मेवारी पूर्ण भनाइलाई व्याख्यात्मक शैलीबाट विरोध गरिएको नेकपा इटहरी उपमहानगर कमिटी सदस्य हेमसागर तिम्सिनाले बताए । उनीहरूले केपी ओली मुर्दावाद, संसद् विघटन फिर्ता गर लगायतका नारा लगाएका थिए ।
कार्यक्रममा बोल्दै अनेरास्ववियूका केन्द्रीय सदस्य लोकेश निरौलाले प्रधानमन्त्रीको गलत कदमका कारण आज दुई तिहाइ सरकारको विरुद्धमा सडकमा आउनु परेको बताए । उनले कम्युनिष्ट पार्टीको जनआन्दोलनबाट स्थापित गणतन्त्रमा ओली तन्त्र ल्याएको भन्दै आन्दोलन गर्न बाध्य भएको बताए । नेकपा शक्ति एकजुट भइरहेको समयमा प्रधानमन्त्रीकै कारण पार्टी दुई भागमा विभाजन भएको समेत उनको भनाई थियो ।
कार्यक्रममा अनेरास्ववियू जिल्ला सहसंयोजक बुद्रोष लिम्बु, जिल्लाका विद्यार्थी नेताहरू अर्जुन पौडेल, अतीत किरण नेपाल, सुमन कार्की केन्द्रीय सदस्य नवराज नेपाल, पार्टीका जिल्ला तहका नेताहरू मदन चुडाल, नेकपा प्रदेश कमिटी सदस्य चिरञ्जीवी भट्टराई लगायतको उपस्थित रहेको थियो ।

akhil2

तपाईको प्रतिक्रिया दिनुहोस्

१० लाख डोज भ्याक्सिन ...

काठमाडौं । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिएर भारतबाट नेपालतर्फ उडेको एयर इन् ...

कलंकीको मालपोत कार्य ...

काठमाडौं । कलंकीको मालपोत कार्यालयमा नक्कली जग्गाधनी बनेर ७२ लाख ठगी गरेको आरोपमा मालपोतका २ कर्मचार ...

सर्लाहीमा बस दुर्घटन ...

सर्लाही । सर्लाहीमा बस दुर्घटनाहुदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । ना ५ ख ४४८८ ...

बढ्यो सुनको मूल्य ...

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका ...

इटहरीमा नेकपाद्वारा ...

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले इटहरीमा राँके जुलुस निकालेको छ । ...

विदेशीको डिजाइनमा गण ...

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट् ...